back
CTIZAN AD

कविता : पियक्कडको संगत

वि.सं.२०७९ भदौ ११ शनिवार

870 

shares

निम्ब तरु, अर्घाखाँची

एकछिन भलादमी पियक्कडको पछि लागें
अभद्र तर शाश्वत वकालत
अश्लिल तर सार्थक वक्तव्य
यो भन्दा पनि अझ धेरै सुन्न

जनावरहरमा सवार देवताहरुको
पौराणिक कथाहरु पुर्नव्याख्या सुन्न
मानिसहरुमा सवार मानिसहरुको
ऐतिहासिक कथाहरु सुन्न
म पियक्कडको पछि लागें

जीवनको चासोबाट पर भइरहेको
जीवनको चिन्ताबाट उम्केर उन्मुक्त भइरहेको
शालिन पियक्कडको प्रभावले
सर्वभोगी पनि जोगी बन्न बाध्य भए जस्तो
म बाध्य भएँ

सडक–गल्लीहरुमा मज्जाले
निर्धक्क फलाक्दै त हिड्न हुन्छ
ढुक्कसँग चित्त नबुझेको कुरामाथि
मनको भरमार असन्तुष्टिहरु
मज्जाले ढुक्क भन्दै हिड्न त हुन्छ

ओछ्यान समातेर रहनुभन्दा
चिहानको बाटो समातेर हिँड्नुभन्दा
यो उपाय बडो काइदा लाग्यो
तब म
कन्दनी कसेर शरणमा परें पियक्कडको

जब मानिस ईश्वर संगतमा पर्छ
जब प्रेतको नजिक हुन्छ
तब मानिसहरुलाई वास्ता गर्न छोड्छ

भलै नहोला÷नदेखिएला शिष्टता
नरहला सभ्यता
तर
म पियक्कडको पछाडि हिँडिरहेछु, एकछिन ।

वि.सं.२०७९ भदौ ११ शनिवार ०८:३१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...