back
CTIZAN AD

हामी नेपाली ग्लोवलले अमेरिकाका नेपालीलाई सय डलरमा नायगरा फल्स घुमाउने

वि.सं.२०७९ भदौ ३० बिहीवार

882 

shares

अमेरिका । हामी नेपाली ग्लोवलको आयोजनामा नयागरा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई आउन–जान तथा १ रात २ दिनको खाने बस्ने व्यवस्था १०० डलरमा मिलाउने भएको छ ।

समाजले आज सेप्टेम्बर १४ मा डिएक्सएन सेन्टरमा नेपाल फेस्टिवलबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उक्त कुराको जानकारी गराउँदै यहि अक्टोबर १ र २ मा आयोजना गर्न लागिएको नेपाल फेस्टिवलमा सहभागी हुन सबै नेपालीलाई अनुरोध गरेको छ ।

समाजका डाइरेक्टर अफ पब्लिक रिलेशन अफिसर तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक शोभाकान्त पाण्डेले आउने–जाने तथा १ रात २ दिनका लागि बस्ने खाने खर्च १०० डलरमा मिलाउने जानकारी दिएका हुन् ।

संस्थाका अध्यक्ष अमृत लामाको अध्यक्षतामा गरिएको उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्राउन तथा नेपाली उत्पादन विश्व बजारमा प्रवद्र्धन गर्ने उद्धेश्यले फेस्टिबलको आयोजन ागर्न लागेको जानकारी दिए । उनले उक्त कार्यक्रम विशुद्ध सामाजिक कार्य भएकोले यसलाई राजनीतिक तथा धार्मिक रुपमा नभएर नेपाल र नेपालीका लागि आयोजना गरिन लागिएको बताए ।

त्यस्तै फिप्नाका सभामुख सुवर्ण शाक्यले कार्यक्रम सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

सोहि कार्यक्रममा नेटाका कार्यबाहक सभापति मच्छे गुरुङले नेपालमा पर्यटक भित्राउन तथा नेपाली उत्पादनलाई विश्वबजारमा प्रवद्र्धन गर्नुपर्ने दायित्व सबैको हो भन्दै आयोजक कमिटीलाई आवस्यक सहयोग गर्ने भन्दै फेस्टिवल सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै तमु सोसाइटी अफ अमेरिकाका सभापति तोरण गुरुङले अमेरिकामा रहेका नेपालीहरुको विभिन्न प्रकारका संस्था रहे पनि सबै नेपाली एकजुट भएर नेपाल र नेपालीको हितमा लाग्नुपर्ने बताए । उनले हामी नेपाली ग्लोबल उदाहरणीय रुपमा अगाडि बढेको भन्दै अन्य संस्थाले पनि समाजसँग मिलेर सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा युनाइटेट किरात राई अर्गनाइजेशन अफ अमेरिका न्युयोर्क च्याप्टरका सभापति ममता खालिङ राईले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्राउनु पर्यटनको प्रवद्र्धन मात्र नभएर त्यसमा आवद्ध धेरैले रोजगारी पाउने समेत बताइन् ।

क्यानडाको नायगरा फल्समा नेपाल फेस्टिभल हुने

वि.सं.२०७९ भदौ ३० बिहीवार १७:२८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...