back
CTIZAN AD

मलेसियामा नेपाली राजदूत डिल्ली पौडेललाई स्वागत

वि.सं.२०७९ असोज १२ बुधवार

624 

shares

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन् ।
मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका पौडेल कार्यभार सम्हाल्न शुक्रवार मलेसिया पुगेका हुन । केही दिनमा मलेसियामा राजदुत पौडेलले राजा अब्दुल्लाह समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । मलेसिया पुगेका राजदुत पौडेललाई,नेपाली राजदुतावास मलेसिया, एनआरएनए मलेसिया र नेपाली संघ–सँस्थाहरुद्वारा विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

राजदुत पौडेललाई स्वागत गर्न क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक राजदूत मोती बहादुर श्रीष, पब्लिक रिलेसन आफिसर टेक बहादुर बुढा, एनआरएनएका आईसिसि सदस्य नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, उपाध्यक्ष हेमराज सापकोटा, दिल केरुङ, सहकोषाध्यक्ष बलध्वज लिम्बुलगाएत अन्य संघ–सँस्थाका प्रतिनिधीको उपस्थिती रहेको थियो ।

मलेसिया पुगेका राजदुत पौडेलले क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलमा आफुले सबै नेपाली संघ–सँस्थासँग सहकार्य गरेर नेपाल र नेपालिको लागि केही नया काम गर्ने बताए । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदुत पौडेलले बताएका छन् । तलब सुविधा, सीप विकास, आवास, उपयूक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ रहेको छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिइ श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकोले त्यसतर्फ प्रयास गरिने उनले बताए ।

मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि उनले प्राथमिकता दिने भएका छन ।

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्वन्ध बलियो बनाउने बताउदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवर्द्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिने उनले बताएका छन । नेपाल–मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई समेत प्राथमिकता दिने उनले बताए ।

पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उनी मलेसिया गएका हुन । नेपाल र मलेसियाबीच जनवरी १, १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । हाल मुख्य रोजगारीको गन्तव्य मानिएको मलेसियामा धेरै परिवर्तन ल्याउने कोशिष गर्ने पौडेलले बताए ।

बिश्वका धेरै देशमा दोस्रो राजदुतावासका रुपमा सामाजिक कार्य गर्दै आएको गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले धेरै पछी मलेसियामा राजदुत आउनुभएकोमा खुशी ब्यक्त गरे । थापाले आफूहरुले बिगतका दिनमा जस्तै दुतावासको निर्देशनमा सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

एनआरएनए आईसिसि सदस्य नेत्र केसीले लामो समयपछी राजदुत पाएकोमा खुशी ब्यक्त गर्दै नया राजदुतबाट नेपाली समुदायले धेरै ठुलो अपेक्षा राखेको बताए ।

दुई लाख भन्दा धेरै नेपाली श्रमिक रहेको र हाल बैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाको नेपाली दुतावास लामो समयदेखी राजदुतविहिन रहेको थियो ।

 

वि.सं.२०७९ असोज १२ बुधवार १०:४३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...