Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

अरु भन्दा फरक र पारदर्शी हुनुपर्छ नयाँशक्ति



prajun-adhikariनयाँशक्ति नेपालमा आबद्द भएर बैदेशिक रोजगारको सिलसिलामा सात समुन्द्र पारी चीनको स्वसाशित क्षेत्र मकाऊमा रहेर अन्तराष्ट्रिय नेपाली समाज INS संस्था खोल्नु र त्यस संस्थाको नेतृत्व लिनको औचित्य यो मात्र होईन् कि एऊटा पदीय दायित्व मात्र लिएर बस्नुको कुनै औचित्य रहदैन । यसलाई बिभिन्न नयाँ कार्ययोजनाहरू बनाई नया ढंगबाट प्रस्तुत गरि गाउँ गाउँमा पु¥याएर जनताको मन जित्न सफल हुन आबस्यक छ । कुनै एउटा ब्यक्तीको मात्र मुख ताकेर ठुला–ठुला भाँषण र कुरा गरेर हाम्रो मिसन पुरा हुदैन् । हामिले अरू भन्दा नयाँ ढंगबाट नया कार्य योजनाहरू बनाई भुपरिबेस अनुसार योजना बनाई गाउँ गाउँमा पुगेर जनताको मन जितेर काम गर्न जÞरुरी छ ।

हाम्रो देश गाउँ–गाउँले भरिएको देश भएको हुँदा गाउँ बनाउनका लागि युवासक्ति परिचालन गर्न अत्यन्त जरुरी छ । गाउँ–गाउँमा भएका यु्वाहरूको तथ्यांक संकलन गरी बैदेशिक रोजगारमा कति, स्वरोजगार कति र कति बेरोजगार छन् भन्ने तथ्यांक संकलन गरेर बेरोजगारलाई रोजगार मुलक कार्य योजना, स्वरोजगारलाई प्रोत्साहनका लागी बिभिन्न संघ संस्थाबाट कम ब्याजदरमा ऋृण ऊपल्ध गराई दिने र बैदेशिक रोजगारमा पुगेकाहरूबाट आउन सक्ने लगानीको ग्यारेन्टी र सामाजिक धार्मिक आर्थिक राजनितिक औघोगिक बाताबरण सहज बनाई लगानी गर्न ऊत्साहित गर्ने योजना बनाउन सकियो भने देशको बिकास तिब्र गतिमा अगाडी बढन सकिन्छ । देशमा आर्थिक समृद्धि ल्याउन सकिन्छ ।

सपना मात्र देखाएर ठुला–ठुला भाषण गरेर मात्र समृद्धि सम्भव छैन । ५ बर्षमा सिंगापुर बनाऊछु, १० बर्षमा सुर्योदयको देश जापान बनाऊछु, सप्तकोसीको पानी ल्याएर काठमाडौको फोहर पखाल्छु भन्ने जस्ता कुरा गर्नु तथा जर्जबुसले यस्तो गरे, ओबामाले यसो गरे र ट्रम्पले यसो गरे भनेर भाषण दिनु भन्दा गाउँ ठाउँ अनुसार त्यहाँ कस्तो सम्भावना छ, त्यस क्षेत्रको हावापानी र भौगोलिक बातावरण अनुसार के गर्न सकिन्छ र त्यसको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने अध्ययन गरेर सम्बन्धी बिषेषज्ञद्धारा जानकारी गराई त्यहाँका युवा जनशसक्तिका लागि सिपमुलक तथा उत्पादनमुलक कार्य योजना बनाएर बजार व्यबस्थापन गर्न सकियो भने देशको बिकास हुन लामो समय कुरिरहनु पर्दैन ।

बिदेशमा आप्रबासी मानिस सबैले आफुले सक्दो देशको लागी योगदानस्वरुप देशमा लगानी गर्ने वातावरण निर्माण गरेर सकेको सहयोग गर्दे देशको बिकासमा टेवा पु¥याउन सक्नु राम्रो कुरा हो । देश धनी र सम्बृद हुनु भनेको हामी समवृद्ध हुनु हो, नेपाली समद्धि हुनु हो । आज हामी यो बिदेशी भूमिमा आएर रगत पसिनासँग साटेर पैसा बिनिमय गर्दैछौ भने भोली हाम्रो देश सम्पन्न भयो भने हाम्रा छोरा नातिको पालामा यि बिदेशीहरू हाम्रो देशमा रोजगारको लागि आऊने बाताबरण हामिले बनाऊनु पर्छ । देशमै केही गर्छु भन्नेलाई गर्न दिनु पर्यो । काम गर्ने बाताबरण बनाईदिनु पर्यो । सधै अर्काको खुट्टा तान्ने, लडाऊने, पछार्ने काम मात्र हामीले गर्नु हुँदैन् । अब सकारात्मक सोँच लिएर सबैको अस्तित्वको ख्याल गर्दै अगाडि बढ्न जरुरी छ ।

हाम्रो देश बिश्वमा जलश्वश्रोतको धनी देश । प्राकृतिक श्रोत सम्पदाले भरिपूर्ण देश । तर, बिश्वमा गरिबको सूचिमा किन पर्न गयो यो कुरा हामी सबैले बुझ्न जरूरी छ । हामीमा एऊटा प्रबृत्ति छ, जो अरुको काम खटेर गर्ने आफनो काममा हेलचेक्राई गर्ने । यहाँ अर्काको काम १६–१८ घन्टा खटियर गर्छौ भने घरमा ९–१० बज्दासम्म पनि ऊठ्न खोज्दैनौं । काम गर्न खोज्दैनौं । कतिपयको त विस्तरामै आमा र श्रीमतीले ल्याइदिएको चिया पनि सेलाएर गएको हुन्छ ।

देशको समृद्धि र विकासका लागि यस्ता प्रवृत्ति हामीले त्याग्नै पर्छ । संसार कहाँबाट कहाँ पुगिसक्यो । संसारको विकासले चरम चुली छोइसक्यो । तर, हामी अझै पनि त्यहि साना तिना कुरामा अल्झिरहेका छौं । अर्काले गरेको रिस डाह गरेका छौं । अर्काले लगाएको, खाएको र हासेको डाह गरेका छौं । उसले यहाँसम्म आइपुग्दा कति हन्डर र गोता खायो होला भनेर गम्भीर भएर सोच्ने बानी हाम्रो छैन । एकाअर्कामा मेलमिलाप र भाईचारा छैन । एकता नभएको स्थिर सरकार र नियमहरू कार्यान्वयन गर्न नसक्नु पनि अर्को कारण हुन । त्यसैले नयाँ शक्ती अरूभन्दा फरक ढंगबाट चल्ने हरेक कुरा र काममा पारदर्शी दुरदर्शिता भनेको बोलेको कुरामा दृढ़ता कर्तब्य निष्ट ईमानदारिता र भिजनदार नेतृत्वदायी सुप्रीम हुन आबस्यक छ भन्ने ब्यक्तीगत बिचार हो ।

लेखक, अधिकारी अन्तराष्ट्रिय नेपाली समाज मकाउका संयोजक हुन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको