विजय थापा । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी १७ बर्षिय नेपाली छोरी परिजिता बाँस्तोला अमेरिकी ‘द भ्वाइस’ को तेश्रो चरणमा प्रवेश गरेकी छिन् ।
‘द भ्वाइस’ ले प्रतिस्प्रर्धामा पहिलोपटक आयोजना गरिएको तीनजना प्रतिस्प्रर्धीलाई पालैपालो गीत गाउन लगाएपछि नकआउट (निकाल्ने) चरणको प्रतियोगितामा उनी बिजयी हुदै तेश्रो चरणमा पुग्न सफल भएकी हुन् ।
उनले अन्य प्रतियोगीलाई पछार्दै तेश्रो चरणमा पुगेकी छिन् । द भ्वाइसले २२ औ संस्करणमा नयाँ ढाँचा अनुसार पहिलोपटक तीनवटा कलाकारहरुको पालैपालो गीत सुनेपछि हराउने चरण (नकआउट एपिसोड ) सुरु गरेको छ ।
तर यसपटक उनीहरूले व्यक्तिगत रूपमा प्रस्तुत गर्नका लागि आफ्नै गीतहरू चयन गर्ने अवसर पाएका थिए । उनीहरुको प्रस्तुतिपछि निर्णायकहरूले विजेता छनौट गर्दा परिजिता पनि परेकोले उनि तेश्रो चरणमा प्रवेश गरेकी छिन् ।
‘द भ्वाइस’ कार्यक्रममा छनौट हुने परिजिता बास्तोला प्रथम नेपाली मूलकी हुन् र उनले ईतिहास रचेकी छिन् ।
१७ बर्षिय परिजिता बास्तोला अमेरिकामै जन्मेकी र दोश्रो पुस्ताकी युवा प्रतिभाशाली तथा उदयीमान गायिका हुन् ।
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १४:११ मा प्रकाशित






























