back
CTIZAN AD

राेकियाे स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स बाँड्ने काम

वि.सं.२०७९ कात्तिक १५ मंगलवार

903 

shares

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालक (स्टक एक्सचेञ्ज), वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) र धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइसेन्स प्रक्रिया तत्कालका लागि स्थगित भएको जनाएको छ ।

बोर्डले १५ कात्तिक मंगलबार एक सूचनाका प्रकाशित गर्दै बोर्डबाट अर्को निर्णय नहुँदासम्म लाइसेन्सका लागि आवेदन लिने र थप काम कारबाही नहुने जनाएको हो ।

बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि ४५ दिन भित्र आवेदन पेस गर्न सरोकारवालालाई आह्वान गरेको थियो। बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि पनि सोही ३० दिने सूचना जारी गर्दै आवेदन मागेको थियो।

३० दिनभित्र आवेदन दिनुपर्ने स्टक ब्रोरकका लागि ४५ वटा आवेदन परेको छ । स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि आवेदन दिनको ४५ दिनको अवधि रहेकोमा मंगलबार आवेदन दिने अन्तिम दिन रहेको थियो । तर, ४ कात्तिकमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएपछि बोर्डले प्रक्रिया स्थागित गरेको हो ।

अदालतकाे अन्तरिम आदेशसँगै मंगलबारदेखि आवेदन नै लिन नसक्ने भएपछि बोर्डले काम रोकेको जनाएको छ।

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १३:५१ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...