back
CTIZAN AD

डलरले मात्रै पनि खुसी छैनन् अमेरिकामा नेपालीहरु

वि.सं.२०७९ कात्तिक १५ मंगलवार

978 

shares

डलरले ह्यापिनेस दिन्छ र खुशि छर्छ भनेर डलर कमाउन अमेरिका छिरेका नेपालिहरु डलरले खुशी किन्न सकिदोरहेनछ भन्नेमा पुगिसके २–५ बर्ष अमेरिकी हिलोमा भासिसकेका नेपालिहरु ।

धेरैजसो ड्रिमको डलर भनेजस्तो मनग्गे कमाउन तल्लिन हुदाहुदै अस्ताइसके । कतिपय त मानसिक रोगको शिकार भैसके । कोहि जड्याहा भैसके लिभिङ्ग विथ डलर ड्रिमसङ्गै । कतिपय कौडा र क्यासिनोमा डलर, फन र सम्बृद्दि खोज्दाखोज्दै अस्ताउने अस्ताउने अबस्थामा पुगिसके । अधिकाशले अबसरको पथ रोज्नै सकेनन र कतिपयले भेगै पाउन सकेनन । अधिकाशको त ऋण, त्यसको ब्याज र सावा तिर्दातिर्दै तिनका तनखा घरमा भित्रिन पाउदा नपाउदै ठुलै चोइटो बाटैमा रित्तिसकेको हुन्छ ।

फेरि भेटेका, देखेका, सुन्नमा आएका, गुनासो पोख्न आएका, पीडा पोख्न आएका सबैको हालत हेर्दा कोहि कोहिसङ्ग ह्याप्पि नै छैन । ह्यापि बुझ्न नसक्ने जमातमा ह्याप्पिनेस खोज्दाखोज्दै बिबेक गुमाउने र गुमाउने तरखरमा रहेका थुप्रै भेटे मैले ।
डलर कमाउन त्यति सार्हो कहा सजिलो छ र ? माग्ने, हात थाप्ने र बाड्दा बाड्दै रित्तो हुने अभागि नेपालीहरु अझै समुन्नतिको सपनामा रल्लिरहेका छन् ।

एउटा भन्छ ५ बर्ष भयो, अर्को भन्छ मेरो त १० बर्ष भएछ, अर्को भन्छ १५ बर्ष र कतिले भन्छन मेरो २ दशक नाघ्यो अमेरिकामा डलरको सिला खोज्न हिँडिरहेको । अनि झल्यास हुन्छ ला ! बर्बाद भएछ मेरो जिन्दगि । म त बर्बाद भएछु । न त डलर छ, न त सन्तान छन साथमा, न त शरिरमा इनर्जि नै, न त बैङ्क खातमा डलर, न त पेड अफ घर, न त तनाखा नियमित नै र न त कमाउदा, हुदाखादाका भाइसाथि नै ।

उर्जा, समय, रिसोर्स र इच्छा शक्ति हुदा बाटो भेटेन अबसरको । न त देखाइदिने मानिस नै । जब अबसरको बाटो भेटेन त्यतिबेला तपाइ एक्लो हो र डलरले पनि साथ छोड्यो । जब कमाइ र आयआर्जनको स्रोत हुन्न अमेरिकामा यो मुलुकमा बस्नु धिक्कार छ । जसले अबसर, समय, उर्जा र इच्छा शक्ति बुझ्यो उसलाइ अमेरिकाले दिन्छ । तर कसरि दिन्छ ? कसरि यो मुलुकमा डलर पनि हुने र ह्याप्पिनेस पनि त्यो चाहि सोध्नुहोस् । म सधै तपाइहरुको समुन्नति र उभो बाटोको लागि सारथि थिए, छु र रहिरहनेछु अन्तिम सास रहदासम्म ।

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १३:१६ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...