back
CTIZAN AD

अनेसासको नयाँ कार्यक्रम–‘अध्यक्षसँग अनेसासका कुरा’

वि.सं.२०७९ कात्तिक २१ सोमवार

672 

shares

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शुक्रवार साँझदेखि मासिक नयाँ कार्यक्रम शुरू गरेको छ ।

’अध्यक्षसँग अनेसासका कुरा’ नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अष्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्रतिनिधिले सहभागिता जनाएका छन् ।

केन्द्रीय कार्यसमितिको परिकल्पनामा अध्यक्ष गोवर्द्धन पूजाद्वारा सञ्चालित यसपटकको कार्यक्रमलाई उपाध्यक्ष महेश्वर शर्माले संयोजन गरेका थिए ।

केन्द्रीय कार्यसमितिको कार्यक्रम र गतिविधि जानकारी गर्ने तथा च्याप्टरसँग प्रत्यक्ष कुराकानी गर्ने उद्धेश्यले कार्यक्रम तर्जुमा गरिएको जानकारी गराउदै अनेसास महासचिव विमला निरौलाले अनेसासको चौमासिक प्रतिवेदन प्रस्तुत गरिन् ।

कार्यक्रममा अनेसास वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले अनेसासको आजिवन सदस्यताको लागि आह्वानगर्दै अनेसासमा वौद्धिक व्यक्तित्वको संलग्नतालाई स्वागत गर्न अनेसास प्राज्ञिक समिति गठन गरिएको जानकारी गराए ।

उपाध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यक्रमबारे बोल्दै अमेरिकामा आफ्नो सक्रियतामा गरिदै आएको उत्तर अमेरिकी च्याप्टरहरुको गतिविधि माथि प्रकाश पारे ।

अनेसास केन्द्रीय कार्यसमितिले आफ्नो सातौँ बैठकबाट निर्णय गरेको प्राज्ञिक समितिमा विभिन्न देशबाट २५ जना व्यक्तित्वहरू रहेका छन् ।

समितिमा डा. मणि पनेरु (पर्थ अस्ट्रेलिया), विनोद रोका (अमेरिका), लतिका जोशी( सिलगुडी), सुरेन उप्रेती (क्यानडा), डा. गोविन्द सिह रावत (क्यानडा), उमेश कोइराला(अमेरिका), सुष्मा ओमाता ( जापान),डा. काशीराज पाण्डे( अष्ट्रेलिया), विधान आचार्य (नेपाल), विमल गिरी ( बेल्जियम), राजेन्द्रप्रसाद अर्याल (अमेरिका), तीर्थ संगम राई( कतार), प्रा.डा रामप्रसाद दाहाल (नेपाल), ज्ञानु अधिकारी (नेपाल), कृष्ण भण्डारी मुमुक्ष (नेपाल), हरिबहादुर थापा (न्यूयोर्क), श्रीओम रोदन (नेपाल), हिक्मत थापा (अफ्रिका), दिनार रनादी (अमेरिका) प्रमिला शर्मा (अमेरिका), सुरेश भट्ट( अमेरिका),नेत्रवन्धु पोखरेल(अमेरिका), दिनेशराज ज्ञवाली (जापान), हरि घिमिरे (अमेरिका) र डा. टीका लम्साल (अमेरिका) रहेका छन् ।

कार्यक्रममा डा. केशव शर्मा, डा.प्रकाश पौडेल, प्रकाश पन्थी, सुविन खरेल, अस्मिका श्रेष्ठ, रिजा प्रधानलगायतले अष्ट्रेलिया महादेशको नेपाली साहित्यिक गतिविधिमाथि प्रकाश पारेका थिए ।

केन्द्रीय सदस्य साहित्यकार सरिता अर्यालद्वारा कार्यक्रमको सान्दर्भिकता र आवश्यकताको बारेमा बोल्दै सबैलाई औपचारिक रुपमा धन्यवाद ज्ञापन गरिएको कार्यक्रममा मदनराज थापाले पनि शुभकामना व्यक्त गरेका थिए ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:३४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...