back
CTIZAN AD

सम्बन्धमा मिठास ल्याउन गर्नुहोस् यी पाँच काम

वि.सं.२०७९ मंसिर २० मंगलवार

1.4K 

shares

हामी विवाह बन्धनमा बाधिन्छौं । प्रेम सम्बन्धमा रहन्छौं । यात फेरि लिभिङ टुगेदरमा रहन्छौ भने यी पाँच कुराहरु आफुहरुमा छ कि छैन भनेर पुरुष या महिला दुवैले मनन गर्न जरुरी हुन्छ । हामी कतिपय सम्बन्धमा बाधिन्छौं तर त्यो सम्बन्ध हाम्रा लागि राम्रो हुन्छ कि हुँदैन भन्ने कमैले सोचेका हुन्छौं र कमैले सम्बन्ध भित्र राम्रो नराम्रो पनि केलाएका हुन्छौं ।

कतिपय सम्बन्ध एकाएक विग्रदै जानु विभिन्न कारण पनि हुन सक्छन् । यदि तपाईले सम्बन्धमा बाँधिनु भन्दा पहिले त्यो व्यक्तिलाई राम्रोसँग बुझ्नु भएको छैन भने तपाईहरुबीचको कुनै पनि सम्बन्ध सुखदायी हुँदैन । त्यसैले पनि सम्बन्धमा यी पाँच कुरा हुन अत्यन्तै जरुरी हुन्छ ।

एकअर्कालाई सम्मान गर्नुहोस्
श्रीमान होस् वा श्रीमती, प्रेमि होस् वा प्रेमिका हरेक सम्बन्धमा एकअर्कालाई सम्मान गर्न आवश्यक छ । यदि तपाईं सम्बन्धमा हुनुहुन्छ र एकअर्कालाई पूर्ण सम्मान गर्नुहुन्छ भने, बुझ्नुहोस् कि तपाईंको सम्बन्ध स्वस्थ छ । तपाई आफ्नो पार्टनरलाई जति सम्मान गर्नुहुन्छ, त्यसको बदलामा तपाईले पनि त्यति नै सम्मान पाउनुहुनेछ । यो राम्रो सम्बन्धको संकेत हो । कतिपय सम्बन्धमा श्रीमान होस् या श्रीमती आफुले सम्मान पाइरहुँ र माया पाइरहुँ भन्ने तर आफुले भने माया र सम्मान गर्न हिचकिचाउने हुँदा त्यस्ता सम्बन्ध लामो समय सम्म जाँदैन । बाध्यतामा लामो सम्म गएपनि त्यस्तो सम्बन्धमा माया र मिठास अनि सम्मान हुँदैन ।

एक अर्कालाई समर्थन गर्नुहोस्
कुनै पनि राम्रो सम्बन्धको संकेत हो कि तपाइँ एकअर्कालाई कति समर्थन गर्नुहुन्छ भन्ने । राम्रो समय र सुखमा समर्थन गर्न धेरै साथी तथा आफन्तहरु ह्ुन्छन् । तर यदि तपाइँको पार्र्टनरको अगाडि कठीन समयमा पनि ‘म छु, म गर्छु’ भनेर साथ पाउनुहुन्छ वा दिनुहुन्छ भने भने तपाइँको सम्बन्ध बलियो हुन्छ । कुनै पनि कठिन अवस्थामा पार्टनरलाई समर्थन गर्नु राम्रो सम्बन्धको संकेत गर्दछ ।

एकअर्कालाई विश्वास गर्नुहोस्
कुनै पनि सम्बन्धलाई मजबुत बनाउन एक अर्कालाई विश्वास गर्न अति आवश्यक छ । आर्थिक, अभिभावक वा व्यक्तिगत जिम्मेवारी वा महत्त्वपूर्ण निर्णयहरू गर्ने समयमा एकले अर्कालाई सोध्नुहोस् यात छलफल गर्नुहोस् । त्यसले पनि सम्बन्ध मजबुत बनाउँछ । एकले अर्कोलाई विश्वास गरेर दुःखमा सँगै रुने र सुखमा सँगै हास्न सक्यौं भने त्यो सम्बन्ध अझ गाढा र सुमधुर बन्दै जान्छ ।

एकअर्काको दृष्टिकोणमा सहमत बनौं
व्यक्तिगत अनुभवका आधारमा सम्बन्धलाई मजबुत बनाउन पार्टनरसँग कुनै पनि कुरामा सहमत हुनु आवश्यक हुन्छ भन्नु गलत हुनेछ । यो हुन सक्छ कि तपाइँ जसका विरुद्ध हुनुहुन्छ तपाइँको पार्र्टनरको लागी त्यो सही पनि हुनसक्छ । तर एउटा मात्र विकल्प रोजेको हुनाले धेरै पटक दुवै साझेदारले एकले अर्कोको दृष्टिकोणमा सहमत हुनुपर्ने हुन्छ । यो पनि राम्रो सम्बन्धको संकेत हो ।

छनौट फरक हुन सक्छ तर भिन्नता हुनु हुँदैन
धेरैलाई आफ्नो पार्टनरसँग समय बिताउन मन लाग्दैन । तर यसको कारण खोज्न आवश्यक छ । दुर्वबीच छनौट फरक हुन सक्छ तर भिन्नता हुनु हुँदैन । यदि तपाइँ एक अर्काको संगत मनपर्छ भने, तपाइँको सम्बन्ध सुखद रहेको मान्नुपर्छ ।

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:४४ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...