back
CTIZAN AD

खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या

वि.सं.२०७९ मंसिर २० मंगलवार

1.5K 

shares

पर्वत । पर्वतमा खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या देखिएको छ । नबौँ माटो दिवसको अवसरमा दक्षिण पर्वतको पैंँयू गाउँपालिकामा राखिएको माटो परीक्षण शिविरमा जाँच गरिएका नमुनामा अम्लियपनाको समस्या बढी देखिएको हो । पैँयू गाउँपालिकाको सातवटै वार्डबाट माटोको एक सय दुई नमुना परीक्षण गरिएको थियो ।

सङ्कलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा पनि कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिईन् ।

नतिजामा २५ प्रतिशत नमुनामा अम्लियपनाको समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखिएको छ । ८० प्रतिशत माटोमा फस्फोरस र सबै नमुना माटोमा पोटासको मात्रा कम रहेको प्रमुख थापाले बताईन् ।

नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ भने पि एच मानको आधारमा कृषि चुनको मात्रा सिफारिस गरिएको कार्यालयले जनाएको छ । सिफारिस गरिए अनुसार कृषि चुन र सन्तुलित मलखाद किसानले अवलम्बन गरेमा माटोको अवस्थामा सुधार गर्न सकिने थापाले बताईन् ।

‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने नारासहित नवौंँ विश्व माटो दिवस–२०७९ को अवसरमा गरिएको माटो परीक्षणले गाउँपालिकाका सबैजसो वडाका किसान लाभान्वित भएका छन् । नमुना परीक्षण गरिएका क्षेत्रमा माटोको उपचार गर्ने प्रविधि र माटोको अवस्था अनुसार कुन बालीनाली लगाउने भन्ने बारेमासमेत सहजीकरण गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।

 

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:४५ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...