back
CTIZAN AD

चीनमा राजनीतिक अस्थिरता बढ्दै, सीसीपीभित्र बल्झियो अराजकता

वि.सं.२०७९ मंसिर २५ आइतवार

870 

shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि पनि चीन राजनीतिक उथलपुथलमा छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) नेतृत्वको चुनौतीको सामना गरिरहेको छ । यसमा दीर्घकालीन सुशासन, सुधार र आधुनिकीकरण, अर्थतन्त्रलाई पुनरुत्थान र बाह्य वातावरणको परीक्षण समावेश छ।

चिनियाँ सञ्चार माध्यमले सार्वजनिक गरेकाे समाचार रिपाेर्टअनुसार चिनियाँ जनताले राष्ट्रपति सीको नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीमा विश्वास गुमाएको छ। यसको मुख्य कारण भ्रष्टाचार, सत्ताको भोकले पार्टीको कार्यशैली र सरकारमा जनसहभागिता नहुनु रहेको मानिन्छ ।

चीनको केन्द्रीय राष्ट्रिय सुरक्षा आयोगको कार्यालयका उपनिर्देशक लिउ हाइक्सिङले चीनको कम्युनिष्ट सरकारले सामना गरिरहेको वर्तमान राष्ट्रिय चुनौतिले भविष्यमा नयाँ समस्याहरू खडा गर्न सक्ने भनी रिपाेर्टमा उल्लेख छ। रिपाेर्टले चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनमा राष्ट्रपति सी जिनपिङको भनाइलाई चित्रण गरेको छ। तदनुसार, चीनले विकासको बाटोमा अघि बढेको छ जसमा अवसर, जोखिम र चुनौतीहरू छन्।

यद्यपि, चीनमा अनिश्चितता र अप्रत्याशित कारकहरू बढ्दै गएका छन्। ह्याक्सिङले ‘ग्रे राइनो’ र ‘ब्ल्याक स्वान’ जस्ता प्रकोप देशमा जुनसुकै बेला दस्तक दिन सक्ने चेतावनी दिएका छन् ।

वि.सं.२०७९ मंसिर २५ आइतवार ११:५७ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...