back
CTIZAN AD

गण्डकीको समानुपातिक सांसद : कुनै जिल्लामा ७ जना, कतै नील

वि.सं.२०७९ मंसिर २५ आइतवार

771 

shares

पोखरा । गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ । दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् । निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ । दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन ।

११ जिल्ला रहेको गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद नपाउने भएका छन् । मनाङ, मुस्ताङ र तनहुँमा समानुपातिक कुनै सांसद हुने छैनन् । सबैभन्दा बढी सांसद बागलुङले पाएको छ । बागलुङबाट मात्रै विभिन्न पार्टीबाट ७ जना समानुपातिक सांसद बनेका छन् ।

यस्तै, कास्कीबाट ५ जना, स्याङजाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १/१ सांसद बनेका छन् । योसँगै बागलुङ र कास्की जिल्ला सबैभन्दा बढी सांसद भएको जिल्ला बनेका छन् ।

प्रत्यक्षबाट ४ र समानुपातिकबाट ७ सहित ११ सांसद बागलुङबाट मात्रै बनेका छन् । कास्कीमा पनि समान ११ सांसद छन् । प्रत्यक्षमा ६ र समानुपातिक ५ सांसद कास्कीबाट छानिएका हुन् । स्याङजामा ८, नवलपुरमा ६ जना सांसद बनेका छन् । गोरखा र लमजुङमा ५/५, तनहुँमा ४ तथा पर्वत र म्याग्दीमा ३/३ जना सांसद छन् । मनाङ र मुस्ताङमा २÷२ जना सांसद छन् । मनाङ, मुस्ताङ र तनहुँमा प्रत्यक्ष निर्वाचित सांसद मात्रै आएका हुन् ।

गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा २१ जना महिला सांसद हुनेछन् । संविधानले कम्तिमा ३३ प्रतिशत महिला सांसदको सहभागिता सुनिश्चित गरेपछि दलहरुले महिलालाई प्राथमिकताका साथ छनोट गरेका हुन् । सबैभन्दा धेरै कांग्रेसबाट ९ जना महिला सांसद बनेका छन् भने एमालेबाट ८ जना सांसद महिला छन् । माओवादीबाट ३ र राप्रपाबाट १ जना सांसद महिला क्लष्टरबाट आएका हुन् । दलित क्लष्टरबाट ६ जना सांसद बनेका छन् ।

एमालेबाट ३, कांग्रेसबाट २ र माओवादीबाट एक जना सांसद दलित छन् । खसआर्य ३० जना र आदिवासी जनजाति २४ जना छन् । उमेरका आधारमा पनि गण्डकीका समानुपातिक सांसद युवा अवस्थाका बढी छन् ।

३ जना सांसद ४० वर्षमुनिका छन् भने ११ जना ४० देखि ५० वर्ष, ९ जना ५० देखि ६० वर्ष र एकजना मात्रै ६० वर्ष उमेर कटेका छन् । यहाँ प्रत्यक्ष तर्फ पनि अधिकांश युवा अवस्थाका सांसद निर्वाचित भएका छन् ।

वि.सं.२०७९ मंसिर २५ आइतवार ११:५९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...