अमेरिका । अमेरिकामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।
अमेरिकाको न्यूजर्सीमा डिसेम्बर ८ मा भएको सवारी दुर्घटनामा परेर म्याग्दीका ५७ बर्षीय दलबहादुर बरुवालको मृत्यु भएको अमेरिकाका विभिन्न स्थानीय पत्रपत्रिकाले लेखेका छन् ।
प्रहरी अधिकारीका अनुसार उनि अमेरिकाको न्यूजर्सी राज्यको कामडेन काउन्टीमा बसोबास गर्ने व्यक्ति हुन् । गत बिहिबार साँझ लिनडेनवुड शहरमा कारले ठक्कर दिंदा उनको निधन भएको स्थानीय पत्र पत्रिका साथै नेपाली बिधुतिय पत्रिकाले समेत जनाएको छ ।
लिनडेनवुड प्रहरीले एक पैदलयात्रीलाई करिव साँझ ५ः४० मिनेटमा ठक्कर दिएको खबर पाएपछि प्रहरीहरु त्यहा पुगेका थिए । गत शुक्रबार प्रहरीले उक्त घटना ६०० घर समुहको साउथ व्हाइट हर्स पाइक भन्ने स्थानमा दुर्घटना भएको जनाएको छ ।
न्यूजर्सी राज्यको सोमरडेल निवासी स्व बरुवाललाई घटनास्थलमै प्राथमिक उपचारपछि जेफर्सन स्टाफोर्ड अस्पताल लगिएको त्यहि उनको निधन भएको इनक्वाररले समाचारमा उल्लेख छ ।
प्रहरीले बरुवाललाई ठक्कर दिने हल्का रंगको टेस्ला गाडी रहेको अनुमान गरेर त्यसको खोजी गरेको जनाएको छ । सुर्योदय समाचारका अनुसार करिब दुइ दशक अगाड़ी अमेरिका आएका बरुवाल न्युजर्सी राज्यको सोमरडेल भन्ने ठाँउमा स–परिवार बस्दै आएका थिए ।
सुर्योदयका अनुसार सँधैजसो डिसेम्बर ८ का दिन पनि स्व बरुवाल आफ्नो जागिरमा गएका थिए र साँझपख कामबाट फर्किने क्रममा बाटो काट्दा गाडीले ठक्कर दिएको थियो ।
वि.सं.२०७९ मंसिर २५ आइतवार १३:०६ मा प्रकाशित






























