विक्रम तिरूवा सलिन,जुम्ला
१.
उनकै बनेर त अघि बढेको यहाँ
मुटुलाई छोडेर जान सक्छु र कहाँ ।
२.
चाहिएको होइन मलाई त्यो धन
दिए पुग्छ सधैँभरि पवित्र मन ।
३.
जिन्दगीको बाटोमा यात्रा गर्दैछु
चाहिने खुसी म आफैँले भर्दैछु ।
४.
देशमा केही गरेर मर्छु मैले पनि
एकदिन राष्ट्रको सच्चा सपूत बनी ।
५.
नेता हो देशमा अब राम्रो विकास गर
जनताको यो मन जित्दै सधैँ अघि सर ।
वि.सं.२०७९ पुस २ शनिवार ०८:३८ मा प्रकाशित






























