कमला देवकोटा, पाल्पा
१.
यो देश हाम्रो
यी भेष भुषा
बचाए राम्रो ।
२.
हाल्नु छ छानु
खाएर मानु
च्यान्टी र सानु ।
३.
कर्तब्य देउ
अनुभविको
बिचार लेउ ।
४.
महिला नेत्री
न्यून भो यहाँ
पुरुष पित्री ।
५.
जाग न मियो
मिलिजुलीले
बल्नेछ दीयो ।
६.
देश पो बोल्यो
चसक्क घोच्यो
यो मन पोल्यो ।
७.
नेपाली मर्म
भयो कुकर्म
मर्यो नि धर्म ।
८.
सिमा सच्याउ
मिचाहा लाई
ठेगान लाउ ।
९.
देश भो हेला
युवा बिदेश
हत्केला ठेला ।
१०.
बाबु र आमा
छोराको आस
पिंडीको बास ।
वि.सं.२०७९ पुस २ शनिवार ०८:३८ मा प्रकाशित






























