back
CTIZAN AD

कविता : कविता !!

वि.सं.२०७९ पुस २ शनिवार

1K 

shares

कलानिधि दाहाल,काठमाडौं

छम्छम्
रम्झम्
क्षेप्यास्त्रका
आगा निभाएर
बमबन्दुकका
तार फुकाएर
बारुद चिस्याएर
शान्त !
सौम्य !!
सुमधुर !!!
रातकी दीपशिखा
एकान्तकी
अन्तर उन्मुक्त आवाज
भित्री आँतकी
सफा !
सुन्दर !!
निर्वस्त्र !!!
चुम्बकीय यात्राकी
रानी हुन् कविता !
निस्पाप !
निस्कलङ्क !
निर्वाध झर्नाझैँ
निस्पक्ष !
निर्णायक !!
निरन्तर !!!

आफैँ बाटो बनाएर
नील गगनमुनि
सामुद्री छालभन्दा माथि
विराट् विश्व परिभ्रमित
सीमाहीन
बाँधहीन
छलकपटरहित
धरा धप्प हराकी
जादू ज्यानी हुन् कविता!
निश्चित पथरहित
भेदविभेदरहित
अविश्वासभन्दा पर
निसङ्कोच उभिएर
अन्याय ठम्याउन सक्ने
न्याय निम्त्याउन सक्ने
क्रान्ति उठ्न पनि सक्ने
क्रान्ति छुक्न पनि सक्ने
उक्लँदै
झर्दै
झर्दै
र फेरि उक्लँदै
पात झरेका सिक्रा
रुखमा हरियाली भर्न
आस्था गुमेका उजाड
मनमा वश्वास छर्न
ज्वालामुखी लाभामा
लमतन्न परेका
खण्डहर धरा हरा गर्न
मरुमा
झारी घुमाएर
सिर्जनाका सागर तर्न
निराशाका रुग्णता निभाएर
आशाका धराकाशमा
जीवन्त अनुभूतिको
सबल सञ्चार गर्न
कोमलताकी खानी
जुनेली ज्यानी
चाँदकी रानी
समताकी बिहानी
मृदु मर्मरकी
सच्चा जवानी
कोमल
ज्यानी हुन् कविता !

अविश्वासभन्दा पर
निसङ्कोच उभिएर
अन्याय ठम्याउन सक्ने
न्याय निम्त्याउन सक्ने
क्रान्ति उठ्न पनि सक्ने
क्रान्ति छुक्न पनि सक्ने
उक्लँदै
झर्दै
झर्दै
र फेरि उक्लँदै

मनमुग्धकारी
तनतार लतारी
विषममा समकी
समसुन्दरमा
भव्य उछाल !
तरल तारकी
पोथी हारकी
सर्वशृङ्गारकी
तर सहज
सौम्य शोडषा
सुन्दरी शिरकेश
तुषार लपलप
ढप ढप ढल्पल
सान बिहानी
मृदुमा मृदुकी
छमछम नाँच्ने
जीवनजगकी
सच्चा निशानी
चिरस्थापित धराकी
धपधप उज्वल बानी
सानीठुली ज्ञानी
मधुर जवानी हुन्
कविता रानी !!

वि.सं.२०७९ पुस २ शनिवार ०८:४२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...