back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ पुस २ शनिवार

930 

shares

शम्भु प्रसाद पुडासैनी
नुवाकोट, हाल- बुसान दक्षिण कोरिया

१.
पुस्तक नै नपढि ज्ञान आफ्नो हुदैन
अर्काको नामको सामान आफ्नो हुदैन
अनेक आउछन चुस्न थरीथरी भमराहरु
यहाँ आफ्नै फुलको बगान आफ्नो हुदैन ।

२.
मुर्खहरु आफुलाई ज्ञानी सम्झन्छ
कन्जुस आफुलाई दानी सम्झन्छ
जसको मन भित्र हुन्छ पाप लुकेको
उसैले अरुलाई बेइमानी सम्झन्छ ।

३.
जब व्यवहार र बोलीमा फरक हुन्छ
मान्नुस आज र भोलीमा फरक हुन्छ
हेर्नुहोस निसाना नजिक अनि टाढाको
त्यसैले त तरवार र गोलीमा फरक हुन्छ ।

४.
म भएर नै मलाई बाँच्न दिनुहोस
गरेर अरुको भलाई बाँच्न दिनुहोस
जलेको आत्मा भित्र बाट त्यसै त्यसै
अब नकोर्नुहोस् सलाई बाँच्न दिनुहोस ।

५.
आजकल मन्दिरमा पुजारीको भर लाग्दैन
के पाप के धर्म कसैलाई केहि डर लाग्दैन
आउछन सम्बन्ध बनाई जान्छन स्वार्थ लुटि,
रुखो नै ठिक छु कसैको प्रिय हुने रहर लाग्दैन ।

वि.सं.२०७९ पुस २ शनिवार ०८:४५ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...