
गैर आवासीय नेपाली संघ बेल्जियमले पर्वतको एक विद्यालयलाई ल्यापटप प्रदान गरेको छ ।
पैयँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच गैर आवासीय नेपाली संघ बेल्जीयमका सल्लाहाकार कृष्ण तिवारीले पैयुको पालुस्थान माबि बेउलीबासलाई दुई थान ल्यापटप हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ठकुरी, अभियन्ता तिवारी, प्रधानाध्यापक पूर्णचन्द्र काफले, समाजसेवी जयनारायण तिवारी, वाड अध्यक्ष चन्द्र बहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।
प्रधानाध्यापक काफलेका अनुसार शिक्षा क्षेत्रमा गरिएको सहयोगप्रति पालिका अध्यक्ष ठकुरीसहितका बक्ताहरुले आभार ब्यक्त गरेका थिए भने अभियन्ता तिवारीले यसप्रकारको सहयोगका लागि सबै पक्षबाट तत्परता बढने बिश्वास ब्यक्त गरेका थिए ।