back
CTIZAN AD

केही श्लोक अनुष्टुप्का

वि.सं.२०७९ माघ २८ शनिवार

981 

shares

मचिन्द्र खत्री, सुनसरी

चरी त्यो गौँथली हेर तल्लिन हुन्छ कर्मले
बनायो घर चुच्चैले यो काम गर्छ धर्मले ।।१

चिटिक्क पार्छ माटैले कसैको भर यो कहाँ ?
बुझे छ ज्ञान यो ठूलो आत्मनिर्भरको यहाँ ।।२

बाँदरले मिले नास्छ सबैको घर जान्दछु
यो धर्म उसको होला भन्ने कुरा म ठान्दछु ।।३

मीठो स्वर सुनाएर कोइली गीत गाउँछ
भँमरो हेर त्यो फूल पाएमा भुन्भुनाउँछ ।।४

सानो सालक धर्तीमा अनेक प्वाल पार्दछ
यसको कर्म नै हो यो कहाँ थकाइ मार्दछ ?५

गोरुले जोत्छ यो धर्ती हामी अन्न फलाउँछौ
उसको कर्मले गर्दा हामी प्राण चलाउँछौँ ।६

सबैको कर्म आ–आफ्नै कर्मानुसार चल्नु छ
सकेर कर्म यो सारा सबै समान ढल्नु छ ।।७

तर मानिसको कर्म दया धर्मभए पनि
यो छैन सकियो आज सबैको छिन्छ ऊ अनि ।।८

हर्दछ प्राण पक्षीको पाए ऊ जीव मार्दछ ।
मीठो सिकार भनेर ऊ आफ्ने भोक टार्दछ ।९

पशुपक्षी सबै राख्छन् आ–आफ्नो धर्मको भर
मात्र मानिसले छोड्यो यो किन धर्मको डर ?१०

मार्दछ जलका माछा मार्दछ वनका चरा ।
छोडेन साँप गोहोरो छोडेन तरुका जरा।। ११

यसको पेट कस्तो छ? जे हाले पनि गाल्दछ ।
बाघ बदेल जे भेट्यो हुँदै निर्धक्क ढाल्दछ ।।१२

परेवा हाँस छन् प्यारा ममतासाथ पाल्दछ
छैनन् हरि हियाबीच निर्ममसाथ ढाल्दछ ।।१३

मुसासमेत छोडेन सबैको काल यो भयो
राक्षसको कथा आज मान्छे साक्षात नै छ यो ।।१४

कतैकतै अझै देख्छु धर्मात्मजन कर्मका
ममताभावका ज्ञानी मानव धर्मकर्मका ।।१५

एकान्त वनमा मैले बसी गमे यिनै कुरा
नाग्दै उडेर आए ती चरी सैलुङ्ङ टाकुरा ।।१६

वि.सं.२०७९ माघ २८ शनिवार ०८:१३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...