back
CTIZAN AD

लघुकथा : सप्राइज

वि.सं.२०७९ माघ २८ शनिवार

759 

shares

वसन्त अनुभव, घोराही, दाङ

‘ओइ रमेश ! आज भेटौँ न कतै बाहिर । एउटा कुरा छ ।’ अकस्मात् फोनमा उसले भेट्ने प्रस्ताव राख्दा म खुसीले पागल भएँ । ऊ मेरी क्लासमेट थिई । स्नातक अन्तिम परिक्षा दिइसकेपछि हाम्रो भेटघाट त के फोनमा कुराकानी समेत भएको थिएन ।

‘के कुरा हो त्यस्तो ? भन् न फोनमै ।’ तैपनि मैले भाउ खाँदै भने ।

‘हुन्न हुन्न फोनमा हुन्न । तेरो लागि एउटा सप्राइज छ क्या ।’ उसले ठाडै इन्कार गरी ।

‘सप्राइज ? तेरो लागि पनि मसँग सप्राइज छ नि । लु भेटौँ न त ।’ मैले पनि मौकामा चौका हानेँ । ‘यसपटक त जसरी पनि विहेको प्रस्ताव राखेर सप्राइज दिन्छु ।’ मनमनै भनेँ ।

म हतार हतार उसले भेट्न बोलाएको ठाउँमा पुगेँ । ऊ त्यहाँ पुगिसकेकी थिई । मलाई कुरेर नै बसेकी रहिछ । म आएको देखेर खुसी हुँदै हात मिलाई ।

‘सप्राइज दिन्छु भन्थिस् त । के कुरा हो लु भन् ?’ मलाई आतुर थियोे, जान्न ।

‘तैले पनि त सप्राइज छ भनेको थिइस् । त भन न पहिला ।’ दबाब दिदै उसले भनी ।

‘हुन्न हुन्न, लेडिज फस्ट ।’ भन्दै टारेँ ।

‘किरण !’ त्यत्तिकैमा उसले जोडले आवाज लगाई । एउटा युवक मुस्कुराउँदै उसको नजिक आएर उभियो ।

‘हि इज किरण, माइ ब्वायफ्रेण्ड । अर्को हप्ता हाम्रो बिहे हुँदैछ । तँलाई निम्तो छ है । जसरी पनि आउन्नुपर्छ नि, बुझिस् ।’ उसले मुस्कुराउँदै भनी ।

‘मैले त आफ्नो सप्राइज भने । अब तँ भन् । के छ तेरो सप्राइज ।’ उसले तत्काल मलाई सोधी ।

‘तेरो सप्राइजका अगाडि मेरो केही होइन । तैपनि हेर न मैले त ल्याउनै बिर्सेछु । कुनै अर्को दिन देखाउला नि ! हुन्न ?’ यति भनेर म त्यहाँबाट अध्यारो अनुहार बनाउँदै निस्किएँ ।

वि.सं.२०७९ माघ २८ शनिवार ०८:१४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...