back
CTIZAN AD

लघुकथा : पर्खाइ

वि.सं.२०७९ फागुन ६ शनिवार

861 

shares

म्यामराज राई, हाल–जापान

विवेक र संवेग, दुवैले चमेलीलाई मन पराउँंथे । उनले पनि दुवैलाई उत्तिकै मन पराउँंथिन् । दुवैजनाको बराबर शैक्षिक योग्यता, बलिष्ठ र आकर्षक ज्यान, मीठो बोली र लोभलाग्दो पारिवारिक पृष्ठभूमि थियो । फरक यति मात्र थियो, एउटा भारतीय र अर्को नेपाली सेना । विवेकले चमेलीलाई विवाह प्रस्ताव राखेर जबाफ पर्खेको महिना दिन भयो । संयोगले संवेगले पर्खेको पनि त्यति नै भयो ।

चमेलीका दुई मनहरू एकोहोरो बाझ्न थाले ।

‘दुई पाण्डवकी द्रौपदी बनूँ !’ चमेलीको पहिलो मन झोकियो ।

‘अहँ, सम्भव छैन । यो कलियुग हो ।’ दोस्रो मनले सम्हाल्यो ।

‘उनीहरूले मलाई पनि त उत्तिकै मन पराउँंछन् त । म के गरूँ ?’ पहिलो मनले खास भेद खोल्यो ।
‘भगवान् रामकी सीता बन्नु हाम्रो संस्कार हो ।’ दोस्रो मनले सत्य ओकल्यो ।

‘चौध फेब्रुवरीमा आउनुहोस् ।’ चमेलीले मेसेन्जरबाट भारतीय सेना विवेकको प्रस्ताव महिना दिनपछि स्विकारिन् र बिहे गर्न बोलाइन् ।’

‘मेरो चोखो मायाको जित भयो, हैन त ?’ विवेकले असाध्यै खुसी व्यक्त गर्यो । किनकी पहिलो छुट्टीमा त्यो पनि मन परेको केटीसँग बिहे हुनेवाला थियो ।

‘प्रणय दिवसमा आउनुहोस् ।’ चमेलीले संवेगलाई पनि बिहे गर्न डाकिन् ।

‘थ्याङ्क्स् गड् ।’ महिना दिनको पर्खाइमा आफ्नो प्रस्तावको सकारात्मक जबाफ आएकोमा संवेग खुशीले दुई हात उफ्र्यो ।

विवेक दुई महिने छुट्टीमा सिक्किमबाट आइपुग्यो भने संवेग चालिस दिनको छुट्टीमा बैतडीबाट । दुवैजना आ–आफ्नो घरमा भोलि चमेलीलाई लिन जाने रितको सर्जाम तयारीमा लागे ।

‘विवेक कि संवेगभन्दा पनि भारतिय सेना कि नेपाली सेना ? पराइ भूमिको सेवक कि मातृभूमिको सेवक ?’ चमेलीले जोखिरहिन् ।

‘तल्लो चौतारोमा पल्टन जाने झोलामा आउनुहोस् । मेरो कुम्लो पोको पारिसकेँ ।’ चमेलीले प्रणय दिवसको अघिल्लो साँझ मेसेन्जरमा संवेगलाई निर्णय पठाइन् ।

 

वि.सं.२०७९ फागुन ६ शनिवार ०९:११ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...