back
CTIZAN AD

छन्द कविता : शिवरात्रि

वि.सं.२०७९ फागुन ६ शनिवार

1.3K 

shares

(कुमार थापा) उमेश गौरी गाँउले
निजगढ, बारा, हालः झारखण्ड भारत

आध्यात्मिक,सांस्कृतिक, शिवरात्रि, आयो
वसुन्धरा, समग्रले, शिव गान, गायो
चतुर्दशी फाल्गुनको, पक्ष पर्यो कृष्ण
चन्द्र मास, चौधौं दिन, खुसियाली ल्यायो ।१।

आकषर्ण सडकमा शिव जन्ति जाने
विविध छन् तरिका यो थरि थरि माने
रातभरि जागा बस्ने चलन छ हाम्रो
पुरातन प्रमाणित संस्कार छ राम्रो ।२।

चोखो भूमि कैलाशको आस्थाको छ माटो
पशुपति आराध्य छन् तत्वज्ञान बाटो
सदा मौन ध्यान गंम्य शाम्भशिव राम्रा
ब्राह्मण्डका सारा शक्ति शिव श्रोत हाम्रा ।३।

निराकार भगवान् ति विध्वंसको रुप
हाहाकार तिनैलोक छिन्नभिन्न धुप
करुणाको सागर छन् संसारमा हरि
अंङ्गकुरण दिनुहुन्छ उपकार फेरि।४।

निलकण्ठ भगवान् गोसाइँकुण्ड बस्छन्
अचंम्मको पात्ररुप एकतामा कस्छन्
सतीदेवी वियोगमा अश्रुवगे तिनका
शिवशक्ति निवास भो हेर थुम्का थुम्का ।५।

हावा पानी आगो माटो शिवतत्व बनि
पञ्चतत्व स्वरुपको हाम्रो देह पनि
निराकार शिवतत्व उपस्थित हुन्छ
कल्याण होस् शिवभक्त समर्पित हुन्छ ।६।

छन्द : सवाई
४+४+४+२

 

वि.सं.२०७९ फागुन ६ शनिवार ०९:०९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...