back
CTIZAN AD

वसन्त फुल्यो गुराँस

वि.सं.२०७९ चैत २५ शनिवार

1K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

उमङ्ग जोश भर्दछ
गुराँस पीर हर्दछ ।
वसन्त राज हेर लौ !
सुवास मात छर्दछ ।।

छ लाल श्वेत यो कतै
छ पीतवर्ण यो यतै
हिमाल भीर चेपमा
रमेर फूल्छ यो जतै ।।

वसन्त आज फुल्दछ
गुराँस फूल पातमा
समान छर्छ वासना
अनेक जातजातमा ।।

प्रहार राप चैत्रको
न राख्छ द्वेष भावना
सहन्छ हुण्डरी हुरी
छ मात्र फुल्न चाहना ।।

छ आज हेर जग्मग
सुवास दिन्छ मग्मग ।
गुराँस फूलको कथा
न हुन्छ मित्र डग्मग ।।

सुत्र : प्रमाणिका

वि.सं.२०७९ चैत २५ शनिवार ०८:५४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...