back
CTIZAN AD

गजल

वि.सं.२०७९ चैत २५ शनिवार

933 

shares

भुपाल अधिकारी, विराटनगर

चितालाई सधैं आगो नलाई राख्न मिल्दैन
यहाँ मुर्दाहरु छन मुस्कुराई राख्न मिल्दैन

तिमीले चोट धोका या अरू जे जे दिए हुन्छ
यो छातीमा कुनै खन्जर धसाई राख्न मिल्दैन

नपालेको भए हुन्थ्यो तिमीले प्रेमको रोग
सिरानीमा सधैं त्यस्को दबाई राख्न मिल्दैन

कयौं हुन्छन नमिल्ने प्यारमा के भन्नु मैले लौ
नयन भित्रै बदनको प्यास आई राख्न मिल्दैन

नआए भो हमेशा चोर बाटो जिन्दगीमा नै
तिमीलाई यो मन मुटुमा सजाई राख्न मिल्दैन

बहर : हजज मुसम्मन सालीम
अर्कान ; १२२२ १२२२ /१२२२ १२२२

वि.सं.२०७९ चैत २५ शनिवार ०८:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...