back
CTIZAN AD

लघुकथा : सानो दशैं

वि.सं.२०७९ चैत २५ शनिवार

1.2K 

shares

रन्जना पराजुली लम्साल, काठमाडौँ

‘आम्मा, आम्मा’ बाटोदेखिनै चिच्याउँछ रामु । आँगन बढार्दै गरेकी रामुकी आमा उजेलीले रामुतिर हेर्दै , ‘के भो ? किन चिच्याएको ?’

दथैको नुगा तैले तिन्ने ? थप्पैले तिनिथके । बदालमा नुगा थिदिन्छ । भन्नुन आम्मा हामीले तैले तिन्ने ?’

एकछिन त अलमल्ल परिन् उजेली के भन्छ रामुले भन्दै । पछि बुझिन् दुईचार दिनपछि आउन लागेको चैते दशैं सम्झेर, यसलाई कसले उरालो फेरि । लाटो छ बेलाबेला उराल्दिछन् । दिक्क मानिन् उजेलीले ।

पहिलो सन्तान छोरो जन्मदा खुशी भएको परिवारमा दिनहुुँ बढ्दै गएको छोराको शरीरले चिन्ता बढ्न थाल्यो । रामु ढिलो बोल्यो, त्यो,पनि तोते । अनि हातखुट्टा बाङ्गा देखिन थाले । चिन्ता माथि चिन्ता बढ्न थाल्यो । रामुपछि दुई छोरी जन्मिए । खेतीको अन्नले दुईचार महिना मात्र थेग्थ्यो । त्यो पनि रामुको उपचारमा अस्पताल र झाँक्री धाउँन बन्धकी राखेको उकास्न सकेनन् । बाध्यतावस् रामुको बुवा भारत छिरे । तर घरपरिवार सम्झेर फर्किन जानेनन् जीउँदा छन या मरे । अहिले रामु बीस र छोरीहरु चौध र बा¥हका भए ।

‘बाबू, तिमीलाई यस्ता कुरा कसले भन्यो ?’, गाईबाख्रा पालेर र बिहान बेलुकी बजारमा तरकारी बेची जनतन गर्जो टारेकी उजेलीले सोधिन् ।

‘थाथिहलुले भनेतो नि !’

शरीरका अङ्गहरु कमजोर भएपनि रामुलाई सम्झाएर भन्यो भने सध्ये मान्छे झैँ कुरा बुझ्थ्यो र दुःख दिदैन थियो ।

‘बाबू, हामीले दशैं अस्ति मनाको हैन र ? बाबुलाई नयाँ लुगा किन्देको, पिङ्ग खेलेको, मासुभात खा’को अनि मामाघर टीका लगाएर यति धेरै पैसा पाएको बिर्सेको हो ? जाउ भित्र बाकसमा हेर त ! दशैंको नाना पट्याएर राखेको छ कि छैन ।’

‘अनि थाथिहलुले दथै आयो नुगा तिनिथ तीन भनेतोत ? ’

‘बाबू, आउ म तिमीलाई बुझाउँछु । पहिला पहिला चैतमा दशैं मान्थे । ठुलो चाड भएकोले टाढाटाढा भएका सबै भेला भएर खसी काट्ने, खाने, रमाइलो गर्ने र आफु भन्दा ठुलाको हातबाट टिकाजमरा थाप्ने गर्थे । तर समय गर्मीको भएर मान्छेहरु बिरामी भएरे । कति त मरेपनि रे । पछिपछि मान्छेले बुझ्दै गएर असोजमा दशैं सारेका रे । पहिले चैतमा मानिराखेको भएर अहिले कसैले चैतेदशैं कसैले सानोदशैं भनेका हुन। तिम्रो साथीको लुगा फाटेर नयाँ किन्यो होला नि ! अनि तिमीलाई सुनायो । कुरा बुझेको होनि बाबुले । खोइत हाँसेको, आमालाई हाँसेर देखाउ ।’

‘बुधे आम्मा, बुधे थप्पै बुधे । थाथीहलुलाई हाम्लो आम्माले भनेतो यो थानोदथै हो ले भनेर आउँथु है । ’ भन्दै रामु खुट्टा खोच्याउँदै दौडियो ।

‘यस्तोमात यति कुरा बुझ्छ भने सध्ये भए मेरो छोरो महान हुन्थ्यो होला,’ भन्दै रामु दौडिएतिर हेरिरहिन् उजेलीले रामु पर नपुगुन्जेलसम्म ।

 

वि.सं.२०७९ चैत २५ शनिवार ०९:२० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...