back
CTIZAN AD

ब्याजदर घटाउने निर्णयको प्रभाव : सेयर बजारमा उछाल

वि.सं.२०७९ चैत २९ बुधवार

1.1K 

shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाउने निर्णय गर्दा सेयर बजार प्रभावित बनेको छ । लामो समयदेखि सुस्ताएको सेयर बजारमा उत्साह छाएको छ ।

बुधबारमात्रै बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका थिए । वाणिज्य बैंकहरुले ब्याजदर घटाएर एकल अंकमा झार्ने निर्णय गर्दा फाइनान्सहरुले पनि ०.२० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेका छन् । जसको सिधा प्रभाव सेयर बजारमा देखिएको छ ।

बुधबार ९२ अंकले बढ्दै बजार १९६३ अंकमा पुगेको छ । बुधबार कारोबार रकम अघिल्लो दिनको तुलनामा दोब्बर भएको छ । बाुधबार कारोबार रकम एक अर्ब ९७ करोड रुपैयाँ बराबरको भएको छ । यसअघि मंगलबार ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ ६६, विकास बैंक १९७, फाइनान्स १०८, होटल तथा पर्यटन ११८, जलविद्युत् १२०, जीवन बीमा ४४२, उत्पादन २१८, माइक्रोफाइनान्स १७२, निर्जीवन बीमा ३४३, अन्य ४७ र ब्यापार उपसमूह ८४ अंक बढे ।

आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिन्चोक दर्शन र गणपति लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बलेफी हाइड्रो, सबैको लघुवित्त, सयपत्री हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जानाकी फाइनान्स, रिभरफल्स पावर, आशा लघुवित्त, युनियन हाइड्रोपावर र विजय लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो । शिवम् सिमेन्ट्स ११ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन एनआईसी एशिया र हिमालयन डिष्टिलरीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

वि.सं.२०७९ चैत २९ बुधवार १७:२५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...