back
CTIZAN AD

कविता : बेइमानी

वि.सं.२०८० वैशाख ३० शनिवार

969 

shares

निम्बतरु, अर्घाखाँची

तिम्रो बेइमानीले
जब झ्याल खोल्छ
तब ह्वास्स ! गन्ध ठोकिन्छ पहिलो झप्को
जब बाटो लाग्छु
घरबाट निस्केर
पाइलैपिच्छे तिम्रो बेइमानी भोग्छु
तिम्रो बेइमानीको ढुङ्गामा ठेस लाग्छ दोस्रो झप्को
धारोमा तिम्रो बेइमानी तुरुक्क चुहिन्छ
बाटोमा तिम्रो बेइमानीले अल्झाउँछ
स्कुल हेर्यो कायल पार्छ
अरु सेवक संरचना हेर्यो हृदय फतक्क गल्छ
तिम्रो बेइमानी हात जहाँ जहाँ पर्यो
त्यहाँ त्यहाँ कुहिएको अवस्था छ
कुलो–कुलेसामा पुग्छु
खेतबारी हेर्छु
गोठ–करेसा हेर्छु
बगैँचा हेर्छु
जता जता हेर्छु
तिम्रो बेइमानीको आँधी
झुठको बाढी–पहिरोले यथार्थ तहसनहस देख्छु ।
तिम्रो बेइमानीले जब चुल्हो बाल्छ
भागमा जुठो देखिन्छ
गरिबको भोक मारेर
हाम्रो आँगनमा खेल्छ बेइमान
हाम्रो चौतारीमा तिम्रो बेइमानी कुरिरहेछ ।

वि.सं.२०८० वैशाख ३० शनिवार ०७:४५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...