
पार्वती अर्याल, भरतपुर, चितवन
ऊ !
एक पुरुष
जसलाई यी नजरले सुन्दर देखे
थाहा छैन सुन्दर देख्न हुन्थ्यो ÷हुन्नथ्यो
उसको उपस्थिति मात्र पनि
प्रिय हुन लाग्यो
उसका शब्दले पगाल्यो मेरो जमेको मन
काँडाको मेरो बाटोमा
किन उ कोतरिन खोज्दैछ
एउटा सुगम सडक छोडेर
मलाई किन तानिरहेछ
नछोइकन
म उसलाई हेरेर अघाउँदिन
तर उ कहिलेकाही लुकामारी खेलिदिन्छ
मनले खोजिरहन्छ नजिक पाउँ उसलाई
उ कहिलेकाही सहयोगि बनेर आउँछ
बस् परबाट
डो¥याइरहेछ टाढादेखी
म के परिभाषा दिउँ उसको
जो मेरो भलाइको लागि
मैलाई स्मृतिमा सजाइ बस्छ ।