back
CTIZAN AD

गजल

वि.सं.२०८० जेठ २० शनिवार

990 

shares

सुरेशकुमार पाण्डे

देश बेचेरै छाड्छ नवलेण्डुपको भर छैन,
यो चालाले हाम्रो देशको लामो सफर छैन ।

हेर टुक्राउँदै छ अङ्ग किस्ता किस्ता गरी,
सिक्किम पुग्ने त नागरिकलाई रहर छैन ।

जहाँ अन्याय अत्याचार हुन्छ बिद्रोह त्यहीं,
कुन दिन बिश्फोट हुन्छ यहाँ खबर छैन ।

बनेर मानव बम पड्किन्छु दुष्टको किल्ला,
दुश्मनको निर्देश मान्न आफुलाई कर छैन ।

मरेर जाने यो चोला देशको लागी नै मर्छौँ,
बानेको टाउकोमै कात्रो मर्न रत्ति डर छैन ।

के ज्युँने वीरहरू यस्तो नारकीय जिन्दगी,
संसारमा आफ्नो देशको कत्ति कदर छैन् ।

वि.सं.२०८० जेठ २० शनिवार ०८:५६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...