back
CTIZAN AD

पर्याकविता : आत्महत्याको हिसाब !

वि.सं.२०८० जेठ २० शनिवार

1K 

shares

कृष्ण बाउसे

जन्मँदा
तिम्रो के थियो र !

आज तिमीसँग जे छ
रुखबाट प्राणवायु पाएजस्तै
सूर्यबाट ताप र प्रकाश पाएजस्तै
माटोले खानेकुरा उब्जाइदिएजस्तै
नदी, हिमाल र सागरकै कृपाले
पानी उपलब्ध भएजस्तै
सबै सबै
अरूबाटै त पाएका हौ ।

आमा–बाबाट जीवन पाएका हौ ।
परिवारबाट कदम–कदममा समर्थन पाएका हौ ।
समाजबाट शिक्षा–दीक्षा, संस्कार र ज्ञान पाएका हौ ।
राष्ट्रबाट गर्विलो पहिचान पाएका हौ ।
मूल्याङ्कनमा आफ्नै वंशको हालीमुहाली भएकाले
स्वयं दानवीय स्वभाको हुँदाहुदै पनि
’मानव’को उपनाम पाएका हौ ।

तिमी
प्रकृतिले आकार दिएरै
निराकारबाट साकार भएका हौ ।

तर
यो सबै जान्दाजान्दै पनि
आफूले अरूलाई केही दिनुपर्दा
तिमीलाई किन यस्तो गा¥हो हुन्छ ?

एक मुठी भिख दिँदासमेत
तिमीलाई
किन आफ्नो मुटु नै काटेर दिएजस्तो लागिरहन्छ ?

ए मेरा प्रतिरूप !
खुल्लमखुल्ला नभने पनि
मलाई सुटुक्क भनिदेऊ न !
आफूलाई पृथक राखेर
अरूका पक्षमा मात्र हृदयले केही बोल्नुपर्दा
आफ्ना स्वार्थका तानाबानाहरू बिसाएर
अरूका हितमा मात्र सहृदय केही सोच्नुपर्दा
किन तिमीलाई ननिको लागिरहन्छ ?
किन तिम्रो मनमा हरदह
स्वार्थको खिचडी पाकिरहन्छ ?
किन तिमीसँग तिम्रो मनले
आत्महत्याको हिसाब मागिरहन्छ ?
सन्दर्भ–विश्व पर्यावरण दिवस–५ जुन २०२३)

वि.सं.२०८० जेठ २० शनिवार ०८:५७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...