back
CTIZAN AD

लघुकथा : फुकुवा

वि.सं.२०८० जेठ २० शनिवार

924 

shares

म्यामराज राई, भोजपुर हाल–जापान

‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ् फुरुङ्ङ हुँदै मनमनै बोल्यो । आँखाको चस्मा मिलाउँंदै आफ्नो नोटकपीमा मिति पनि टिप्यो ।

‘बाजे, नानी सोरे ? हिजुके दायो, नान्दे खाइतेमासका ?’ त्यो मिति किन लेख्नुभएको हो भनेर नानुले उनको हजुरबालाई हठात् जिज्ञासा राखी ।
‘फुकुवा देश ।’ पासाङ्ले नातिनीतिर नेपालीमा एउटा र अर्को जापानी गरी दुई शब्दमा जबाफ फर्कायो ।

प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन नातिनी बाजे मात्र कोठामा हुन्थे । पर्यटक भिसामा दुई महिना अघि जापान पुगेको पासाङ्ले जति जापानी भाषा जान्दछ । त्यति जति नै उसकी नातिनीलाई नेपाली आउँंछ । आक्कलझुक्कलमा दुवैजना एउटा भाषामा बोल्थे । नत्र दुईजना, दुई भाषामा हुन्थे । कि त दुई देशका भाषाहरू मिश्रण गरेर एक अर्काबिच सञ्चार प्रवाह गर्थे ।

‘फुकुवा त्ते नानी ?’ नानुले हजुरबालाई तुरुन्त फुकुवा भनेको के हो भनी चासो राखी ।

पासाङ्ले अलिअलि इन्टरनेट चलाउन सिकेको थियो । किशिदा, मास्क, रेल र सुपरमार्केट आदिको फोटाहरू गुगलमा निकाल्यो । नोटकपीको मिति देखाउँदै नातिनीलाई हातको इसाराले बुझाउन थाल्यो, “किशिदा प्रधानमन्त्रीले जापानको रेलयात्रा र सुपरमार्केटमा यो दिनदेखि कोरोनाकालीन मास्क नचाहिने घोषणा गरेको हो ।’

 

वि.सं.२०८० जेठ २० शनिवार ०९:०६ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...