प्रजित कुँवर, वालिङ्ग –१४,स्याङ्जा
१
राज्यले जनतालाई कठपुतली सम्झिएको छ
मनोमानी गरेको छ आफ्नै अडान लिएको छ
जो व्यक्तीले निर्दोष प्रहरीको हत्या गरिदियो
आज उसैलाई प्रहरीहरूले सुरक्षा दिएको छ
२.
छोडेर घरमा लालाबाला, कतै नजानु
अकालमा ज्यान जाला, कतै नजानु
बहकाउला पराईले प्रलोभन देखाई
ठोकेर बस्नु दिलमा ताला, कतै नजानु
३.
जन्म थलो छोडेर घर, परदेशीएको मान्छे
मनलाई बनाएर खन्जर, परदेशीएको मान्छे
जवानी बेचेर परिवारलाई खुशी किन्ने गर्छ
जलाएर आफ्ना रहर, परदेशीएको मान्छे
४.
थिए धेरै पैसा हुन्जेल आँसु पुछीदिने
देखाएर मायाको खेल आँसु पुछीदिने
पैसा सक्कियो अब रून छोड्दे आँखा
कोही छैनन् तेरो अचेल आँसु पुछीदिने
५.
बस्यो भ्रम समस्याको जड बनी, हाम्रो समाजमा
हुँदा पनि मान्छेहरू अधिक धनी, हाम्रो समाजमा
अस्पतालमा निको हुने रोगलाई लामाधामी गर्छन्
अन्धविश्वास जीवित छ अझैपनि, हाम्रो समाजमा
वि.सं.२०८० जेठ २० शनिवार ०९:०४ मा प्रकाशित






























