back
CTIZAN AD

छन्द कविता : आफ्नै निको संस्कृति

वि.सं.२०८० जेठ २० शनिवार

1.2K 

shares

दीनानाथ पोख्रेल, इलाम

सारा वर्ष भरी खुली फरफरी हौस्याउँदै भावना ।
नाच्ने प्रेम भुली वृथा दिवसमा झार्ने नहोस् कामना ।।
हो यो प्रेम मनुष्यमा सफलता सद्भाव बर्साउने ।
यौटा क्वै दिनमात्र प्रेम म गरूँ सङ्कष्ट हो पाउने ।।०१।।

सारा कष्ट उजाड पार्छ यसले उल्लास जन्माउँछ ।
मान्छे आयु बढेर रम्छ भवमा सङ्कष्ट पन्साउँछ ।।
सारा दर्द विकार चेत भरका धोएर सङ्लो हुन ।
राम्रो मार्ग चुनी बढेर युगको अग्लो सुमान्छे हुन ।।०२।।

मात्रै एक छ योग्य मन्त्र भवमा हो प्रेम आफ्नै बुझूँ ।
आयातीत हुँदैन प्रेम मनको यै ज्ञान पक्री उठूँ ।।
यो निर्यात कहीँ हुँदैन जनले हेरे स्वयम् बुझ्दछन् ।
आफ्नै संस्कृतिमा रमून् जन खुली शीतांशु नै चुम्दछन् ।।०३।।

आँखा चिम्म गरी गरे मनपरी भाग्यो उज्यालो गयो ।
आफ्नै वक्ष दुखेर कष्ट मुटुमा सन्ताप भर्नेछ यो ।।
भ्यालिन्टाइन प्रेमले मनुजको पोल्नेछ आफ्नो पन ।
डुब्दा संस्कृति सापटी लिन कतै पाइन्न जानून् जन ।।०४।।

गर्ने स्वाँग हुँदैन प्रेम दिलको हेर्दैन बेला घडी ।
भालाले तनमात्र दुख्छ जनको यो टोक्छ छाती बढी ।।
नेपाली अनुहार नै रिपु सरी खेल्छन् पराई बनी ।
आफ्नै खेल जसै गढेर मुटुमा घोच्नेछ भाला बनी ।।०५।।

छाडे वेश छ धार्नु व्यर्थ परको बेकार हो संस्कृति ।
आफ्नो त्याग हुँदा बढेर परको छोप्ला बनी दुष्कृति ।।
गर्दा नक्कल लाग्न सक्छ हितझैँ जाने त्यही हो भ्रम ।
नासो अग्रजको बुझेर मनुवा राखौँ बढोस् यै क्रम ।।०६।।

नौला संस्कृतिले दुखाउँछ हियो पर्नेछ आफैँ रुन ।
आफ्ना संस्कृतिले उठाउँछ हियो अग्लो कलाको हुन ।।
आफ्नो उर्वर सभ्यता सुकृत हो सङ्लो बनोस् यो खुली ।
त्यागे ताप अनेक भर्छ मुटुमा आउन्न आफ्नो डुली ।।०७।।

छन्द : शादूर्लविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : sss  iis    isi   iis   ssi    ssi   s

 

वि.सं.२०८० जेठ २० शनिवार ०९:०८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...