
जानुका थापा रायमाझी
बुढानिलकण्ठ ८ गोल्फुटार
१.
दुख्यो यो मन
आमा प्रति हार्दिक
श्रद्धा सुमन ।
२.
दिए उनैले
नगरौं है गुनासो
लगे उनैले ।
३.
आँसु नझारौ
जननीको आत्मामा
चोट नपारौ ।
४.
कुरा सत्य छ
धरतिका पाहुना
हामी मानव ।
५.
हामी सबैको
ढिलो अनि चाडोमा
बाटो उहीँ हो ।
६.
पुत्र असल
गर्नुभयो आमाको
सेवा कुशल ।
७.
लागिपर्नु भो
आमा साथ बसेर
सेवा गर्नु भो ।
८.
आमा भक्तिमा
शोकाकुल हृदय
फेर्नु शक्तिमा ।
९.
आत्मा मर्दैन
जन्म मृत्यु कसैले
टारी टर्दैन ।
१०.
गर्छु कामना
परिवारजनमा
धैर्य रहन ।