back
CTIZAN AD

लघुकथाः आत्मविश्वास

वि.सं.२०८० असार १६ शनिवार

1K 

shares

सुरेशकुमार पाण्डे, दाङ घोराही
‘मैले मेरो बाबुलाई राम्रो स्कुलमा भर्ती गराइदिन्छु । त्यहाँबाट पढेर मेरो छोरा डाक्टर बन्नेछ । अनी समाजमा रहेका बिपन्न बर्गको उपचार गरेर सेवागर्छ !’ दिनदयालले आफ्नो छोरालाई स्नेहपूर्वक काखमा बसाल्दै भन्छन् ।

‘बाबा यो विपन्न बर्ग कस्तालाई भन्छन् ?’–बालकले बुझ्न खोज्यो ।

छोराको जवाफ दिँदै बालकले भन्यो–‘जो समाजमा आर्थिक सम्पन्न हुँदैनन्, गरिब र असहाय श्रमजीवि बर्गहरू त्यसमा पर्छन् !’

‘बाबा मैले अब बोर्डिंग स्कुलमा पढ्दैन् हाम्रो गाउँमा यति राम्रो आधारभुत स्कुल हुँदाहुदै त्यति टाढाको स्कुलमा किन पठाउँनु हुन्छ ?’–पप्पुले प्रश्न राख्यो । उसले फेरि भन्यो–‘मेरा केही साथिहरूले पनि आधारभुत स्कुलमा पढ्छन् ।’

‘उनिहरूले म भन्दापनि धेरै राम्रो जानेका छन् । सधै फस्ट सेकेन्ड हुँन्छन । मलाई त सरकारी स्कुलमा नै साथिहरू सँग पढ्नु मनपर्छ !’ पप्पुले आफ्नै कुरा दोहोर्यायो ।
‘तर छोरा तिमि सानै देखी राम्रो बोडिङ्गमा पढ्यौ भने पो डाक्टर बन्न सक्छौ !’ –दिनदयालले आफ्नो आठ वर्षिय छोरालाई अंगालो हाल्दै भन्छ्न् ।

‘बाबा हजूरले सरकारी स्कुलमा पढाउनुहुन्छ । के आफुले आफैमा बिस्वास गर्नु हुँदैन् । मलाई हजूरले भन्दा बढी बोडिङ्ग स्कुलले मायाँ गर्छ र ?’ पप्पुले दिनदयालको आँखामा आँखा हालेर भन्यो ।

छोराको कुरा सुनेर दिनदयालका आँखा झुकेका थिए उनि अनुत्तरित भए ।

 

वि.सं.२०८० असार १६ शनिवार ०८:२९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...