तिलकप्रसाद लुइँटेल, कपन, काठमाडौं
१
चाड हो हाम्रो
महादेव महिमा
गाउनु राम्रो ।
२
आयो साउन
चेलीहरू रमाए
लागे गाउन ।
३
बाढीपहिरो
यो देशको समस्या
अझ गहिरो ।
४
खेत बाँझै छन्
नेता घुमे मस्तीमा
झार हाँस्तै छन् ।
५
कृषिको देश
बेसाएर खाँदै छ
सबै भो शेष ।
६
सबै डुबान
हावा यात्रा नेताको
दुःखी किसान ।
७
आँखा छलेर
धन लगे विदेश
देश दलेर ।
८
आफ्ना खोस्तै छन्
रुखो पारी देशमा
स्वामी पोस्तै छन् ।
९
नाच्ने गाउने
रमाइलो क्षणिक
बाधा आउने ।
१०
बाढी पहिरो
दुर्घटना छँदै छ
दुःख ओइरो ।
वि.सं.२०८० साउन ६ शनिवार ०७:५० मा प्रकाशित






























