back
CTIZAN AD

कविता : सडकबहादुर

वि.सं.२०८० साउन ६ शनिवार

1.3K 

shares

सन्जित फलाना, ललितपुर

कहिँ पुगेको छैन म
सडकभन्दा टाढा

जब कि
हिँड्नै चाहेको भएँ
पुग्थे म शितल निवास,
सिंहदरवार, सांसद भवन

जब थिएँ
फूलजस्तै कोमल,
हावाजस्तै हलुङ्गो
हिमालजस्तै स्वच्छ
बोकाएर नारा, सिद्धान्त, घोषणापत्र र पर्चाहरु
हिँडयौँ यहिँ सडकमा
सुनाएर छद्म भाषण
तैनाथ गरायौ कोणसभाहरुमा
सामेल गरायौ प्रदर्शनहरुमा

तिम्रो विचार भरिएर
यति पाखण्ड भइसकेछु
तिम्रो तस्बिर बोकेर
यति कुरुप भइसकेछु
अब त
औँठाछाप मेटिएको
यी निकम्मा हातमात्रै बाँकी छ मसङ्ग

तिमी कहिले दरवारबाट निस्कन्छौ सरकार ?
मलाइ अन्तिमपटक सडकमा निस्किएर
तिमीलाई ढुङ्गा हान्न मन लागेको छ ।

वि.सं.२०८० साउन ६ शनिवार ०७:५१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...