back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८० साउन ६ शनिवार

1.1K 

shares

प्रजित कुँवर, वालिङ्ग,स्याङ्जा

१.
समयले चुनौती दिन्छ महलमा पनि
अग्नी परिक्षा लिन्छ महलमा पनि
आफ्नै झुपडीमा रमाउन सिक्नुहोस्
अभावहरू खड्किन्छ महलमा पनि

२.
उर्लिन्छ खोला बेस्सरी मेलामा नजानु
घट्दैन अभाव कसैगरी मेलामा नजानु
वर्खामास बाढी आउँछ पहिरो जान्छ
बा, पर्दाखेरी ठुलो झरी मेलामा नजानु

३.
पत्थर जस्तै कठोर बनी चित्त बुझाउनु
न जलाउनु मुटू दनदनी चित्त बुझाउनु
परदेशबाट फर्किए भने रातो बाकसमा
सहयात्रा सक्किएछ भनी चित्त बुझाउनु

४.
मलाई एकपटक चर्चामा आउन मन छ
गरी अविस्वरणीय काम देखाउन मन छ
जम्मा पारेर देशका सबै गद्दार नेताहरू
कोठाभित्र थुनेर आगो लगाउन मन छ

५.
हुँदैन भन्छ समाजले पवित्र छोईन सक्छ
भयंकर भ्रम छ दिमाग भित्र छोईन सक्छ
म त जवानी चल्ने जात नचल्ने दलित परेँ
कृपया टाढै बस्नुहोस् न मित्र छोईन सक्छ

 

 

वि.सं.२०८० साउन ६ शनिवार ०७:५२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...