back
CTIZAN AD

गजल

वि.सं.२०८० साउन ६ शनिवार

882 

shares

भुपाल अधिकारी, विराटनगर

मलाई बनाएर हर रात घायल तिमीले
नठान्नू सदा प्रेममा एक पागल तिमीले

जलायौं कयौ अग्नि बाल्दै नजिक देह ल्याई
नजाऊ गराएर मन भित्र हलचल तिमीले

थियो रुप तिम्रो परी हार खाने जवानी
अझै झन् लगायौ नयन माथि गाजल तिमीले

छुपायौ सबैथोक नै मोहको जाल भित्र
सधैं नै बनाएर दिल माझ खाडल तिमीले

बुझे हुन्छ अब प्रेम हो एक मन्दिर समान
नआऊ पुजारी हुँ ठानेर हरपल तिमीले

बहर : मुतकारिब दुहुम सालीम
अर्कान :१२२ १२२ १२२ १२२ १२२

वि.सं.२०८० साउन ६ शनिवार ०७:५३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...