back
CTIZAN AD

कविता : मन

वि.सं.२०८० साउन ६ शनिवार

1.1K 

shares

पदम दाहाल,मादी, सङ्खुवासभा

तिमी दुःख देखाउँछौ दुःख जान्न
उता सुक्ख देखाउने सुक्ख लान्न ।
दुवै यी जुनीमा सँगै छन् सँगै नै
खुबै दौँतरी यात्रु यी छन् सँगै नै ।१।

कठै ! दुख्छ दुःखी सुखी सम्झिंदैन
सुखी भौतिकी मात्र देख्ता हुँदैन ।
कि बिर्साउने ओखती लिन्छ कोही ?
कि निन्द्रा बिसाएर बिर्सिन्छ कोही ?।२।

दुखे भित्र पोल्नेछ रे ठाउँ भिन्न
सुखी सुस्त हाँसेछ रे भाउ हुन्न ।
मनै मित्र गाँस्ने मनै भ्रान्तिमा छन्
कतै दुःख बोके भनौँ दुःख के छन्?।३।

दुबै नै मनैका उझिन्डाहरू हुन्
हुँदा अल्पविद्या उभिन्डाहरू हुन् ।
दुखेसो मनै हो दुखेकै हुँदैन
मनैले दुखाए सुखी क्वै हुँदैन ।४।

छ त्यो सोख भन्छन् कुनै बोट छैन
नभै दुष्ट मान्छन् जहाँ चोट छैन ।
मनै यो छ खेला मनैमा छ डेरा
उडी फिर्छ जोडा घरै यो तबेला ।५।

 

वि.सं.२०८० साउन ६ शनिवार ०७:५४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...