म्यामराज राई, भोजपुर
हतुवागढी –६, होम्ताङ्, भोजपुर
हाल –जापान
घाँटीमा जुत्ताको माला, गालाभरि कालो मोसो । मन्त्री बन्दा समेत विकासमा ध्यान नदिएकोमा ऊ गाउककं निकालामा पर्यो ।
उसले माला फ्याँक्यो । खोलामा मुख धोयो । लामो सास तान्दै ढुङ्गामा बस्यो ।
उसको पहिलो मनले सोच्न थाल्यो, ‘गाउककंलेमाथि विश्वासघात गरेँ । माफी माग्छु । सक्ने जति वाचा दिन्छु र बोलेको पूरा गर्ने अठोट लिन्छु ।’
‘अहं, किन माफी माग्नु ? यत्रो नगर्नु बेइज्जत गरिसके । अरूले जे–जे गर्छन्, त्यही मात्र त गरेको हूँ ।’ दोस्रो मन गाउँंलेप्रति चिढियो ।
“राजनीति यात्रा सिद्धिएको त हैन नि ! चुनावी घोषणा पत्रानुसार काम नहुँदा जनता आक्रोशित हुनु स्वाभाविक हो । फेरि पार्टी अध्यक्ष तैँ छस् । त्यति पचाउन पनि सक्दैनस् र ?” पहिलो मनले दोस्रो मनतिर सान्त्वना फिजायो ।
दोस्रो मनले स्वीकारोक्तिको टाउको हल्लायो । ऊ जुरुक्क उठ्यो । अब सुटुक्क गाउँं छिर्यो । प्रत्येक घरमा पुग्यो ।
मद्यावधि चुनाव सङ्घारमा थियो । चुनावी सभा राखेर गाउँंलेसित माफी माग्यो । गाउँलेको मन पग्लियो । उसले भारी अन्तरमा पुनः चुनाव जित्यो । यो पालि पनि मन्त्रीमा ऊ चुनियो । उसले चुनावी घोषणा पत्रमा लेखिएअनुसार भटाभट काम सुरु गर्यो । घोषणा पत्रमा सीमित भएका अघिल्लो कार्यकालका विकासका कार्यक्रमहरू समेत उसले अगाडि बढायो । गाउँंलेले पाँच वर्षभित्रमा धेरैजसो निर्माण सम्पन्न हुने छाँट देखे । उसको जयजयकार गरे ।
दोस्रो तहका नेताहरूले पार्टी निर्माणको साटो विकासमा मात्रै पैसा खन्याएको आरोपमा पार्टी अध्यक्ष पदबाट उसलाई हटाए । त्यो कुरो जनताहरूले चाल पाए । स्वस्फूर्त रूपले गाउँमा गाउँलेहरू भेला भए । उसलाई सम्मान गरे । गाउँंलेहरूले एकै स्वरमा बोले, ‘तपाईँ अध्यक्ष पदबाट हट्नु परेकोमा एक रत्ती नआत्तिनुहोस् । चुनावमा जिताउने हामीले हो । यही पार्टीमा रहनुहुन्छ । नयाँ खोल्नुहुन्छ या अर्कोमा जानुहुन्छ ? त्यो तपाईंको विचार । हामीलाई पार्टी हैन, तपाईँ चाहिएको हो ।’
वि.सं.२०८० साउन १३ शनिवार ०९:४३ मा प्रकाशित






























