back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०८० साउन १३ शनिवार

1.5K 

shares

सरिता सेढाई, धादिङ

१.
कतै भयो अतिवृष्टि कतै अनावृष्टि
मौसमले खोलीकन हेर्ने हैन दृष्टि ।

२.
आमा र बाबा बुढा भए नपारौँ हेलामा
हाम्रा पनि सन्तान हुर्के पर्नेछौँ फेलामा ।

३.
कस्तो रहेछ माया भन्ने चिज मेटेर मेटिन्न
दिल भित्रै जाग्ने गर्छ बाहिर खोजेर भेटिन्न ।

४.
मिठो बोल मुसुक्क हाँस तिम्रो के नै जान्छ ?
बाँचुन्जेल खुसी देउ मर्दा कस्ले के लान्छ ?

५.
नदुखाउ तिमी रुखो वचनले उनको मनलाई
सङ्घर्ष धेरै गरेर आएका ति अशक्त तनलाई ।

वि.सं.२०८० साउन १३ शनिवार ०९:४२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...