back
CTIZAN AD

राष्ट्रपति पुटिन र अफ्रिकी नेताहरू युक्रेनमा वार्ता जारी राख्न सहमत : क्रेमलिन

वि.सं.२०८० साउन १९ शुक्रवार

1.2K 

shares

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनमा शान्ति मिसनमा संलग्न सात अफ्रिकी देशका नेताहरू वार्ता जारी राख्न सहमत भएका छन् । रुसी अधिकारीले बिहीबार यसबारे जानकारी दिएका छन् ।

क्रेमलिनका प्रेस सचिव दिमित्री पेस्कोभले रुसको तास समाचार एजेन्सीलाई वार्ता जारी रहने बताए पनि अहिलेसम्म मिति बने एकिन नभएको बताएका छन् ।

दक्षिण अफ्रिकाका अधिकारीहरूले बिहीबार पुटिन र अफ्रिकी शान्ति मिसनले जुलाईको अन्त्यमा सेन्ट पिटर्सबर्गमा भएको रूस–अफ्रिका शिखर सम्मेलनको छेउमा बैठकपछि संयुक्त वक्तव्य जारी गरेका थिए । दक्षिण अफ्रिकाको नेतृत्वमा रहेको मिसनमा कोमोरोस, सेनेगल, जाम्बिया, इजिप्ट, रिपब्लिक अफ कङ्गो र युगान्डा पनि सामेल छन्।

सो विज्ञप्तिमा भनिएको छ नेताहरूले वार्ता जारी राख्न सहमत भएको र रूसी अन्न र मल निर्यातमा प्रतिबन्ध हटाउन पनि अगाडि बढेको जनाइएको छ । अहिलेको ग्रीष्म याम यस्तो वार्ताको दोस्रो चरण थियो । पहिलो जुन १७ मा भएको थियो । पहिले वार्ताका सन्दर्भमा राष्ट्रपति पुटिनले मस्को कीभसँग वार्ताका लागि खुला रहेको बताएका थिए ।

गत जुनमा अफ्रिकी शान्ति प्रतिनिधिमण्डलले युक्रेन र रुसको भ्रमण गरेको र दश–बुँदे शान्ति योजना प्रस्तुत गरेको थियो । सो योजनाले वार्ता र कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न र दुबै पक्षमा बढ्दो तनाव कम गर्न आह्वान गरेको थियो। (रासस–सिन्ह्वा)

 

वि.सं.२०८० साउन १९ शुक्रवार १५:०७ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...