back
CTIZAN AD

गजल

वि.सं.२०८० साउन २० शनिवार

1K 

shares

कर्णाली बासीलाइ नुन चाहिएको छ सरकार
भ्रष्ट दलाललाई सुन चाहिएको छ सरकार

भूकम्प बाढीले प्रभावित गांऊका छाप्राहरुमा
थाङ्ने भाषण होईन ऊन चाहिएको छ सरकार

साच्चै जनताले जनमत दिएकै हुन तिमीलाइ
बलिदानीको बदला गुन चाहिएको छ सरकार

लाखौं बम बारुदले ध्वस्त अँध्यारा मनहरुमा
विकास को नौलो धुन चाहिएको छ सरकार

देसै बेचेर खाने नालाएकहरुको कमी रहेन
भक्त्ती बल अमर को खुन चाहिएको छ सरकार

विकासले जनतासंग कर होईन खुसी दिनु पर्ने
गरिवको दैलोमा जुन चाहिएको छ सरकार

कर्णाली बासीलाइ नुन चाहिएको छ सरकार
भ्रष्ट दलाललाई सुन चाहिएको छ सरकार

नवलपरासी बर्दघाट सुस्तापुर्व नवलपुर ,प्रगतिनगर

वि.सं.२०८० साउन २० शनिवार ०९:५६ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...