back
CTIZAN AD

लयमा फर्कियो नेप्से, अधिकांश कम्पनीको मूल्यमा उत्साहपूर्ण बृद्धि

वि.सं.२०८० साउन २४ बुधवार

954 

shares

काठमाडौं । निरन्तरको गिरावटपछि साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा उत्साह देखिएको छ । बुधबार ४१.०६ अंकले बढ्दै नेप्से २०६०.९१ को बिन्दुमा उक्लिएको छ ।

आइतबारदेखि नै नेप्से निरन्तर ओरालोमा थियो । योबीचमा ६९.९८ अंकले बजार घटेको थियो । मंगलबार मात्रै २८.४० अंकले बजारमा गिरावट आएको थियो ।

बुधबार सबै सूचांकहरुमा पनि हरियाली छाएको छ । सेन्सेटिभ इन्डेक्स ७.४८ अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.७३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२५ अंकले बढेको छ ।

बुधबार यसअघिको दिनमा भन्दा कारोबार रकम पनि केही बढेको छ । ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको कारोबार भयो ।

बुधबार सबैभन्दा बढी आइएमई लाइफ, शिवम् सिमेन्ट, नेपाल रिपब्लीका मिडिया, हिमालयन लाइफ लिमिटेडलगायको कारोबार उच्च रह्यो ।

१३ उपसमूहमध्ये म्यूचयुअल फण्डबाहेक सबै उपसमूहको परिसूचक बढेका छन् । बुधबार व्यापार उपसमूहको परिसूचकमा सर्वाधिक ३.६२ प्रतिशतले बृद्धि भएको छ भने वित्त, होटल तथा पर्यटन, जीवन बीमा उपसमूहको परिसूचकमा ३ प्रतिशभन्दा बढीले बढेको छ । यस्तै, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ ।

वि.सं.२०८० साउन २४ बुधवार १५:३९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...