back
CTIZAN AD

यी हुन् आँखा पाक्दा देखिने लक्षण र रोकथामका उपायहरु

वि.सं.२०८० साउन २४ बुधवार

1.6K 

shares

काठमाडौं । पछिल्लो समय नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोगको समस्या बढिरहेको छ ।

देशका कतिपय क्षेत्रमा आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसका कारण मानिसहरु अत्यन्तै प्रभावित भएका छन् । यसले विशेषत बालबालिका बढी मारमा परेका छन् । आँखा पाक्ने रोग व्यापक रुपमा देखिएपछि कतिपय स्थानीय सरकारले केही दिनका लागि स्कुल समेत बन्द गरिएको सूचना जारी गरेका छन् ।

यो रोग एक व्यक्तिबाट सजिलै अर्को व्यक्तिमा सर्ने हुनाले यसबाट बच्न विभिन्न उपाय अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कस्ता हु्न्छन् त यसका लक्षण
-आँखा रातो हुने र चिलाउने

-आँखाबाट आँसु बगिरहने वा कचेरा\चिप्रा लाग्ने

-आँखाको ढकनी रातो हुन, सुन्निने

-आँखा बिझाउने/दुख्ने

-घाम वा उज्यालोमा हेर्न गाह्रो हुने

यी हुन् रोकथामका उपाय
-संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने ।

-संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने ।

-जथाभावि नछुने । आँखा छुनु परेमा छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने । व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

घरमा कसरी ध्यान दिने
-यो रोग लाग्दा घरमै विशेष ध्यान दिएमा १ देखि २ हप्तासम्म निको हुने स्वास्थ्य विज्ञ बताउँछन् ।

-बरफले आँखा सेक्दा आँखा बन्द गेर वा सफा रुमालमा राखेर सेक्ने ।

-आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने ।

-आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने ।

-प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने ।

-बाहिर घुम्न जाँदा कालो चश्मा लगाउने

-संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।

-संक्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

त्यसैगरी यसको संक्रमण बढी हालेमा घरमै जथाभावि औषधि प्रयोग नगर्न र उपचारका लागि स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

 

वि.सं.२०८० साउन २४ बुधवार १६:४९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...