back
CTIZAN AD

कर्जा प्रदान गर्ने सम्बन्धमा वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

वि.सं.२०८० साउन २५ बिहीवार

1.1K 

shares

जाजरकोट। उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भएको हो ।

स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ब्याज अनुदान कार्यक्रमअनुसार सम्झौता सहयोग पुग्ने बताइएको छ ।

यस नगरपालिकाले जोखिमपूर्ण अवस्थामा रहेका सर्वसाधारणको जीवनस्तर माथि उठाउन कोष स्थापना गरेको छ । विभिन्न लघुवित्तले जनतालाई चर्को ब्याज लिएर समस्यमा परिरहेको समयमा सहुलियतपूर्ण कर्जा लागू गरी जनताको जीवनस्तर उकास्न सहयोग मिल्ने अपेक्षा लिइएको नगरप्रमुख रावतले बताए ।

सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपालन गरी जीवनस्तर सुधारका लागि प्रयोग हुने उनको भनाइ थियो । यस क्षेत्रका बासिन्दा जीविकोपार्जनका लागि भारत तथा अन्य मुलुक जानुपर्ने बाध्यतालार्ई अन्त्य गरी गाउँघरमै उद्यमशीलता विकास गर्न यस सम्झौताले सहयोग पुर्याउने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।

यसैबीच यस नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापनाका लागि पहल भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले छिट्टै बैंकको शाखा सञ्चालन गरिने बताए । नगर क्षेत्रभित्र भेरी करिडोर र चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण भइरहेको र सोही क्षेत्रमा ४०० केभी क्षमताको सवस्टेशन निर्माण भइरहेकाले उक्त शाखाको बारोबार बढ्ने अनुमान गरिएको छ ।

 

वि.सं.२०८० साउन २५ बिहीवार १६:५० मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...