काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । बिहीबार ८.०१ अंकले बजार बढ्दै २०३३.१३ बिन्दुमा उक्लिएको छ ।
बिहीबार ४० लाख नौ हजार २६३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ५४ करोड १३ लाख ६७ हजार पुगेको छ । जुन यसअघिको तुलनामा भन्दा निकै कम हो ।
बिहीबार १३ उपसमूहमध्ये एक उपसमूहबाहेक सबै परिसूचकमा बृद्धि भएको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढेको छ । यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन २ प्रतिशत बढेको छ ।
बिहीबार कारोबारमा २२५ कम्पनीमध्ये १३५ कम्पनीको मूल्य बढ्यो भने ७८ कम्पनीको मूल्य घटेको छ । यस्तै, १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार सबैभन्दा बढी सोल्टी होटल, आइएमई लाइफ इन्स्योरेन्स, गोराही सिमेन्ट, सिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरीलगायतको कारोबारमा उच्च रह्यो । बिहीबार बढेको बजारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीमको मूल्यमा १० प्रतिशतले बृद्धि भयो भने लिवर्टी इनर्जी, उपर सांगी हाइड्रो, सगरमाथा जलविद्यूतलगायतको मूल्यमा उच्च बृद्धि भयो ।
वि.सं.२०८० साउन ३२ बिहीवार १७:०३ मा प्रकाशित





























