back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० भदौ ९ शनिवार

1.1K 

shares

बद्री उप्रेती, नयाँबजार–१६, काठमाडौं


हरमोडमा आवश्यक छ, जोडिएको कण हुन जरुरी छ
सबैले आहा भन्नेगरी, देख्दा आकर्षण हुन जरुरी छ
मुखले बोलेजस्तो सजिलो, कहाँ हुन्छ र पाउन माया,
माया पाउन त सच्चा त्याग अनि समर्पण हुन जरुरी छ ।


कोही शान्त र शालीन छन् कोही ईर्ष्याले घुटुघुटुमा छन्
जो जो असल र ज्ञानी थिए तिनीहरू सबै लुटुपुटुमा छन्
केही दिन बोलचाल नहुँदैमा नठान्नु है म टाढा भएँ,
ज– जसलाई मैले माया गर्थें, ती सबै मेरो मुटुमा छन् ।


नलिऊ चिन्ता पटक्कै तिमीले, तिम्रै पर्खाइमा बसिरहनेछु
तिम्रा यादका हरेक झोक्काहरू अङ्गालोमा कसिरहनेछु
हामी दुईलाई सुहाउँदो परिस्थिति अनुकूल नहुदा सम्म,
तिमी बिहानीको प्रहर बनिदिनु, म शीत बनेर खसिरहनेछु ।


बिनाफलको हाँगोलाई पनि सधैँ तिनले लर्केको देख्छन्
अरूले औंला उठाउन् नउठाउन् आफै तिर फर्केको देख्छन्
यहाँ कुरा गर्यो कुरैको दुःख, के कुरा गर्नु पट मूर्खहरूको,
मनमा कपट भएकाहरूले चिस्यानमा पनि चर्केको देख्छन् ।


गलबन्दीको आश राखेँ, साथमा पहिले गाँती थियो बरु
अरूको सुर्का जस्तो भन्दा त चौडा आफ्नै छाती थियो बरु
पहिले त ठट्टैमा बित्यो जीवन अहिले पो बल्ल महसूस गरें,
चिनेर दुस्मन बन्नु भन्दा त, नचिनेकै जाती थियो बरु ।

वि.सं.२०८० भदौ ९ शनिवार ०७:२५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...