back
CTIZAN AD

गजल

वि.सं.२०८० भदौ ९ शनिवार

969 

shares

नारायण सिटौला इरादा
पञ्चकन्या, नुवाकोट

कोही केही खेलिरहेछन् मृत आँखामा
जिउँदा आँखा हेरिरहेछन् मृत आँखामा

दीयो तिम्रै,बत्ती तिम्रै, तिमीले जलायौ
अभाव तिम्रै दौडिरहेछन् मृत आँखामा

नउठाउनू इमारत उठाइ हाल्यौ फेरि
घरका सपना भत्किरहेछन् मृत आँखामा

दुखाइ, सन्चो, अनि जीत हार सङ्गैसङ्गै
तैरिरहेछन्, पौडिरहेछन् मृत आँखामा

कोही काँडा अनि कोही फूल गए छोडी
कोही गमला खोजिरहेछन् मृत आँखामा
बहर ः मीर २४ मात्रा

वि.सं.२०८० भदौ ९ शनिवार ०७:२६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...